आइतबार, मंसिर ७, २०८२

एन्फा अध्यक्षका लागि उम्मेदवारी मनोनयन शुल्क १५ हजार

अखिल नेपाल फुटबल संघ (एन्फा)को २० औं साधारणसभाले आगामी १५ जेठमा हुने निर्वाचनको लागि उम्मेदवारको मनोनयन शुल्क निर्धारण गरेको छ। आज सानेपामा सम्पन्न साधारणसभाले शुल्क निर्धारण गरेको हो।
 |  मंगलबार, चैत १५, २०७८

नेपाल समय

नेपाल समय

मंगलबार, चैत १५, २०७८

काठमाडौं– अखिल नेपाल फुटबल संघ (एन्फा)को २० औं साधारणसभाले आगामी १५ जेठमा हुने निर्वाचनको लागि उम्मेदवारको मनोनयन शुल्क निर्धारण गरेको छ। आज सानेपामा सम्पन्न साधारणसभाले शुल्क निर्धारण गरेको हो। 

National life

अध्यक्षमा चुनाव लड्नका लागि १५ हजार मनोनयन शुल्क राखिएको छ भने वरिष्ठ उपाध्यक्ष र उपाध्यक्षको लागि १०–१० हजार राखिएको छ।

सदस्यमा चुनाव लड्नका लागि पाँच हजार शुल्क तिर्नुपर्ने छ।  जेठ १५ गते हुने निर्वाचनका लागि निरीक्षक नियुक्तिका लागि साधारणसभाले तीन जनाको नाम सिफारिस गरेको छ। जसमा खेलाडी संघका अध्यक्ष राजेश मानन्धर, महिला संघका अध्यक्ष वृन्दा देवान र संखुवासभा जिल्ला फुटबलका प्रतिनिधि गौरीमान राई रहेका छन्।

एन्फाको साधारणसभाले निर्वाचन समिति पनि तयार गरेको छ। निर्वाचन समितिको संयोजकमा श्रीराम दवाडी छन्। निर्वाचन समितिमा दवाडीको संयोजकत्वपमा पाँच जनाको समूह बनाइएको हो।

प्रकाशित: Mar 29, 2022| 16:01 मंगलबार, चैत १५, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।