बिहीबार, फागुन २१, २०८२

विश्वकै साहसिक गल्फ कोर्समा हुने वेस्टर्न ओपन बुधबारबाट

सूर्य नेपाल गल्फ टुर २०२१–२२ अन्तर्गतको पाँचौं प्रतियोगिता सूर्य नेपाल वेस्टर्न ओपन चैत १६ देखि १७ गतेसम्म हिमालयन गल्फ कोर्समा आयोजना भएको छ।
 |  मंगलबार, चैत १५, २०७८

नेपाल समय

नेपाल समय

मंगलबार, चैत १५, २०७८

काठमाडौं– सूर्य नेपाल गल्फ टुर २०२१–२२ अन्तर्गतको पाँचौं प्रतियोगिता सूर्य नेपाल वेस्टर्न ओपन चैत १६ देखि १७ गतेसम्म हिमालयन गल्फ कोर्समा आयोजना भएको छ।

आयोजक नेपाल प्रोफेसनल गल्फर्स एसोसिएसनले आज पत्रकार सम्मेलन गर्दै भोलिबाट आयोजना गरेको प्रतियोगिताको जानकारी दिएको हो। 

५४ होलको प्रतियोगितामा ३० भन्दा बढी प्रो र १५ एमेच्योर खेलाडीले सहभागीता जनाउनेछन्। प्रतियोगिता शनिबार १८ चैतमा प्रो–आमको साथ समापन हुने आयोजकले बताएको छ।

‘प्रतियोगितामा अधिकांश पोखरेली एमेच्योरहरू एक्सपोजरको लागि देशका पेशेवर गल्फरहरूसँग टोली बनाउन पर्खिरहेका छन्। माछापुच्छ्रे हिमालको पृष्ठभूमिमा र विजयपुर खोला नजिक रहेको यो कोर्सले पक्कै पनि शीर्ष स्थानका गल्फरहरूको सीप परीक्षण गर्ने छ,’ आयोजकले जारी गरेको प्रेस विज्ञप्तिमा लेखिएको छ।

यस वर्षको प्रतियोगिताको पुरस्कार विगतको तुलनामा बढाएर ७ लाख ७५ हजार पुर्‍याइएको छ, जसमध्ये विजेताले १ लाख ३५ हजार, उपविजेताले ८८ हजार र सेकेण्ड रनर अपले ६५ हजार प्राप्त गर्ने आयोजकले जानकारी दिएको छ।

kumari

शीर्ष २१ मा रहेका अन्यले पनि नगद पुरस्कारको आफ्नो अंश प्राप्त गर्नेछन्। भुवन नगरकोटी, सञ्जय लामा, धन थापा र रामे मगर स्पर्धामा मुख्य दावेदार हुन्। एमेच्योरतर्फ दक्षिण एसियाली खेलकुदमा दोहोरो स्वर्ण पदक विजेता सुवास तामाङ र अजित विक राम्रो लयमा छन्। ‘प्रतियोगिताका लागि हिमालयन गल्फ कोर्सलाई उत्कृष्ट मापदण्डमा परिमार्जन गरिएको र नेपालको खेलका उत्कृष्ट खेलाडीहरूलाई सजायको पर्खाइमा छ,’ आयोजकले जारी गरेको विज्ञप्तिमा लेखिएको छ।

गल्फ डाइजेस्टले यो कोर्सलाई विश्वको सबैभन्दा साहसिक गल्फ कोर्सको रूपमा पनि मूल्याङ्कन गरेको आयोजकको दाबी छ।

प्रकाशित: Mar 29, 2022| 15:42 मंगलबार, चैत १५, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।