बुधबार, असार ३१, २०८३

बार्सिलोनाको जितमा अर्थुर मेलोको डेब्यु गोल

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४
एजेन्सी–स्पेनिस ला लिगा च्याम्पियन बार्सिलोनाले युरोपियन फुटबलको नयाँ सिजन शुरु हुनु अघिको प्रि–सिजन अन्तरगतको इन्टरनेसनल च्याम्पियन कप फुटबलमा विजयी शुरुवात गरेको छ । अमेरिकाको पासाडेनास्थित स्टेडियममा भएको खेलमा इंग्लिस क्लब टोटनह्यामलाई पेनाल्टी सुटआउटमा ५–३ ले पराजित गर्दै च्याम्पियन कपमा विजयी शुरुवात गरेको हो ।

निर्धारित समयको खेल २–२ गोलको बराबरीमा सकिएपछि खेल पेनाल्टी सुटआउटमा धकेलिएको थियो । जसमा बार्सिलोनाले बाजी मारेको हो । १५ औं मिनेटमा मुनिर एल हाडाडीले गोल गर्दै बार्सिलोनालाई अग्रता दिलाएका थिए । 

२९ औं मिनेटमा बार्सिलोनाबाट डेब्यु गरेका अर्थुर मेलोले डेब्यु गोल गरेपछि बार्सिलोना २–० ले अघि बढेको थियो । पहिलो हाफमा २–० ले अघि रहेको बार्सिलोनाले दोस्रो हाफमा दुई गोल खान पुग्यो । 

७३ औं मिनेटमा ह्युङ मिन सनले गोल गर्दै खेललाई २–१ मा ल्याएका थिए । ७५ औं मिनेटमा जर्जेस एन कोउडोले गोल गरेपछि खेल २–२ गोको बराबरीमा पुगेको थियो । त्यसपछि थप गोल हुन नसक्दा खेल पेनाल्टी सुटआउटमा धकेलिएको थियो ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।