आइतबार, मंसिर ७, २०८२

एन्फाको निर्वाचन केन्द्रित साधारणसभा सुरु

साधारण सभाको उद्घाटन सत्रमा बोल्दै एन्फाका अध्यक्ष कर्मा छिरिङ शेर्पाले पछिल्ला चार वर्षमा गरेका कामको चर्चा गरेका छन्।
 |  मंगलबार, चैत १५, २०७८

नेपाल समय

नेपाल समय

मंगलबार, चैत १५, २०७८

काठमाडौं- अखिल नेपाल फुटबल संघको विषेश साधारण सभा सुरु भएको छ। आगामी जेठ १५ गते हुने एन्फाको निर्वाचनको सन्दर्भलाई लिएर एन्फाको विशेष साधारण सभा आज सानेपामा सुरु भएको हो।

National life

साधारण सभाको उद्घाटन सत्रमा बोल्दै एन्फाका अध्यक्ष कर्मा छिरिङ शेर्पाले पछिल्ला चार वर्षमा गरेका कामको चर्चा गरेका छन्। त्यस्तै, ओलम्पिक कमिटीका उपाध्यक्ष अशोक बज्राचार्यले कोभिडको समयमा एन्फाले गरेको कामको लागि धन्यवाद व्यक्त गरेका छन्।

त्यस्तै,  राखेपका उपाध्यक्ष शिव कोइरालाले संघ र राष्ट्रिय खेलकुद परिषद् राखेपको सम्बन्धबीचको कुरालाई जोड दिएका छन्।

विशेष साधारण सभामा बोल्दै कसले के भने?

एन्फा अध्यक्ष कर्मा छिरिङ शेर्पा

Laxmi sunrise bank
kumari

हामीलाई ‘कोचिङ कन्भेन्सन कोर्ष’को मान्याता  पाउन धेरै मेहेनेत लागेको छ। त्यसका लागि फुटबलको फिलोसोपी र पाठ्यक्रम बनाउने काम गर्यौं। त्यो काम गर्न नै दुई वर्ष लाग्यो। नेपाली प्रशिक्षकको लागि यो गर्वको कुरा हो। अब एन्फाले सी र बी लाइसेन्स दिन सक्ने भएको छ।

प्रतियोगिताको डिपार्टमेन्टले कोभिडको बाबजुद पनि कार्यक्रमहरु सञ्चालन गरेको छ। त्यस्तै,अन्तर्राष्ट्रिय प्रतियोगिताको कुरा गर्दा सागमा हामी स्वर्ण विजेता भएका छौं। नाज्दा महिला फुटबलमा पनि दोस्रो भएका छौं।

महिला फुटबलमा पनि राम्रो अवस्था सिर्जना भएको छ। दोस्रो संस्करणको महिला लिग चिनवतमा हुँदैछ। त्यसको दोस्रो लेगेको खेल विराटनगमा हुनेछ। घरेलु प्रतियोगितामा त्यति मात्र नभएर फुटसल पनि सुरु गरेका छौं। यसलाई पनि व्यवसायिक रुपमा सञ्चालनको कोसिस गरिरहेका छौं। आर्थिक पाटोसँग काम गर्नका लागि आर्थिक नियमावली, कार्यविधि बनाएको हौँ।

हामीले एएफसीको सहयोगमा आठ डिपार्टमेन्ट बनाएर काम गरिहेका छौं। हामीले डिजिटलाइज गर्ने काम गरिरहेका छौं। यो खेलाडी र प्रशिक्षकको सुविधाको लागि हो। प्रशिक्षकको तलब १२ हजार पुर्याएका छौं। अब प्रशिक्षकले जिल्ला जिल्लामा पनि प्रशिक्षण गरेर बाँच्ने आधार तयार गरेका छौं १५० नयाँ रेफ्री उत्पादन गरेका छौं। त्यसले गर्दा अहिले जिल्लाको कुनै प्रतियोगितामा पनि रेफ्रीको अभाव छैन।

हामीले तीन देशीय कप गर्‍यौं। घरेलु मैदानमा दुई उपाधि जित्यौँ। नेपालको भूमिमा दक्षिण एसियालकी खेलकुदमा फुटबलमा स्वर्ण पदक जित्ने सकेका छौं। आगमी दिनमा नेपाली फुटबलमा सफल रुपमा स्थापित हुने विश्वास लिँएको छु।

कोभिडको बेलामा लामो सायम माहामारीको प्रभाव पारेका कारण विस्तारै अघि बढेको छ। र, साधारण सभा निर्वाचन केन्द्रित हुने छन्। निर्वाचनमा केन्द्रित भएर अघि बढने जानकारी गराउन चाहन्छु। सबै साधारण सभाका प्रतिनिधिलाई निर्वाचनमा राखेका एजेन्डालाई छलफल गर्न साधारण सभा बोलाइएको हो।

हाम्रो कार्यकालको अन्तिम अवस्थामा पुगको छौं। हाम्रो कार्यसमिति अएपछि धेरै काम भएका छन्। हामीले २४औं अन्तर्राष्ट्रिय पुरुष फुटबल प्रतियोगिता र १२ महिला फुटबल अन्तर्राष्ट्रिय प्रतियोगिता सहभागी जनाएका छौ। र, ब्रोन्ज लाइसेन्स पाएको र चार क्लबले एएफसी क्लब साइसेन्स पाएका छन्। क्लबले लाइसेन्स पाउने आधार हामीले नै खडा गरिदिएको हो। 

राखेप उपाध्यक्ष शिव कोइराला

नेपाली खेलकुदको विकास, प्रवर्द्धन र प्रचार उठानका निम्ती एन्फाले एउटा संघ भएर मात्र नभएर राखेपको मूख्य हिस्सा भएर काम गरिरहेको छ त्यसका उज्जवल भविष्यको कामना गर्न चाहन्छु।

खेलकुदमा भएका अप्ठ्याराहरु चिर्नका लागि एन्फाले काम गरेको छ। कोभिडमा धेरै समस्याका बाबजुद एन्फाले काम गर्यो त्यसले नेपाली खेल अघि बढ्न सहयोग गरेको छ।

खेल संघहरु-ओलम्पिक कमिटी र राष्ट्रिय खेलकुद परिषद्बीच थुप्रै खालका कटुता हामीले बेहोरेका छौं। राखेप, संघ र ओलम्पिकले बेहोर्नु पर्ने कटुताको विषयमा हामीले समन्वय गर्नुपर्ने हुन्छ।

विगतमा जे भए पनि अहिले संघ र रोखपले एक अर्कोको  परिपुरकका रुपमा काम गर्नु पर्छ। पहिले यी दुईबीचमा सीधा काम बारबाही नभए पनि अहिले सहजै समन्वय हुन सकेका छन्। पहिले राखेपमा जाँदा धेरै घुम्तिी घुम्नुपर्ने हुन्त्यो। तर अहिले राखेपसम्म सिधै जाने बाटो बनेको छ। बाँकी रहका समस्या कटौति गर्दै जानेछौं। पहिले सबै संघलाई पैसा बाँड्ने चलन थियो। अहिले त्यो कटौति भएर काम गर्ने संघहरुलाई मात्र खर्च दिने प्रथा बसेको छ।

संघ र राखेपबीचको परिपुरक अनुभुतिका लागि हामीले सहकार्य गर्नुपर्ने हुनछ। राखेपले यहाँका समस्याको सामाधन गर्न ढिलो गर्यो भने म जुनसुकै अवस्थामा भए पनि सहयोग गर्नेछु।

एन्फाको शाखा ७७ वटै जिल्लामा छैनन्। ७७ वटै जिल्ला निर्माण गर्नका लगि धेरै कठिनाइ छन्। कालिकोट र जुम्लाको मान्छेले यहाँ आएर अनुभुति बटुल्न सक्यो भने उसले जिल्लामा फुटबल खेलको विकास गर्न सक्नेछ। एन्फाले अब सबै जिल्ला समेट्न सकोस्। एन्फा यस्तो संघ हो जसले राखेको इज्जत मर्यादा जोगाउन सफल भएको छ।

ओलम्पिक कमिटीका उपाध्यक्ष अशोक बज्राचार्य

न्फाले कोभिड १९ को माहामारीको शून्य अवस्थामा पनि नेपाल सरकारको नियमलाई पालना गरेर राष्ट्रिय र अन्तर्राष्ट्रिय प्रतियागितामा सहभागी बनेको छ। एन्फा संघभित्र प्राविधिक र व्यवस्थापन गरेर  जुन किसिमले गति लिइरहेको छ उसले अझै धेरै सफलता प्राप्त गर्न सकोस्।

प्रकाशित: Mar 29, 2022| 11:50 मंगलबार, चैत १५, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।