आइतबार, मंसिर ७, २०८२

आईपीएलमा गुजरातको डेब्यु जित, पहिलो खेलमै लखनउ पराजित

यी दुई क्लबबीच भएको पहिलो खेलमा गुजरातले लखनउलाई पाँच विकेटले हराएको छ। पहिले ब्याटिङमा आएको लखनउले पुरा ओभर खेल्दै ६ विकेटको क्षतिमा १५८ रन बनाएको थियो।
 |  मंगलबार, चैत १५, २०७८

नेपाल समय

नेपाल समय

मंगलबार, चैत १५, २०७८

काठमाडौं- इन्डियन प्रिमियर लिग आईपीएलमा सोमबार राति दुई क्लबले डेब्यु गरे। केहि महिनाअघि मात्र भारतीय क्रिकेट कन्ट्रोल बोर्डबाट फ्रेन्चाइज क्लबको मान्यता पाएका लखनउ सुपर जायन्ट र गुजरात किंग्सले सोमबा राति आईपीएलमा डेब्यु गरेका हुन्।

National life

यी दुई क्लबबीच भएको पहिलो खेलमा गुजरातले लखनउलाई पाँच विकेटले हराएको छ। पहिले ब्याटिङमा आएको लखनउले पुरा ओभर खेल्दै ६ विकेटको क्षतिमा १५८ रन बनाएको थियो।

जवाफमा दुई बल बाँकी रहँदै गुजरातले पाँच विकेट बचाउँदै १५९ रनको लक्ष्य १६१ रन बनाएर पुर गर्यो। गुजरातका कसिला बलरसामू लखनउको टप अर्डर ब्याट्सम्यान टिक्न सकेनन्। ओपनर केएल राहुल शून्य रनमा आउट भए भने क्विन्टन डिककल पनि ७ रन मात्र बनाए। इभिन लेविसले १० रन बनाउँदा मनिष पाण्डेले ६ रन जोडे। पाँचौं नम्बरमा मैदान पसेका दिपक हुडाले ५५ र आयुष बदोनीले ५४ रन बनाएपछि लखनउले १५८ रन बनाउन सकेको हो।

त्यसक्रममा गुजरातका मोहम्मद सिरजले तीन र वरुण आरोनले  दुई विकेट लिए। जवफमा गुजरातका राहुल तेवतियाले सबैभन्दा धेरै ४० रन बनाए भने हार्दिक पाण्ड्याले ३३ रनको योगदान दिए। त्यस्तै, माथ्थिउ वाडे र डेविड मिल्नले समान ३०-३० रन बनाए। वांखडे रंगशालामा सम्पन्न खेलमा लखनउका दुशमन्थ चमिराले दुई विकेट लिए भने अभेष खान, क्रुणल पाण्ड्या र दिपक होडाले समान १,१ विकेट गिराए।

प्रकाशित: Mar 29, 2022| 09:47 मंगलबार, चैत १५, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।