आइतबार, असार २९, २०८२

टी २० त्रिदेशीय सिरिजको उद्घाटन खेलमा नेपाल विजयी

१८४ रनको लक्ष्य पाएको पपुवा न्युगिनीलाई १६८ रनमा रोक्दै नेपालले टी २० त्रिदेशीय सिरिजको उद्घाटन खेमला १५ रनको जित निकालेको छ।
 |  सोमबार, चैत १४, २०७८
nespernesper

नेपाल समय

नेपाल समय

सोमबार, चैत १४, २०७८

vianetvianet

काठमाडौं– १८४ रनको लक्ष्य पाएको पपुवा न्युगिनीलाई १६८ रनमा रोक्दै नेपालले टी २० त्रिदेशीय सिरिजको उद्घाटन खेमला १५ रनको जित निकालेको छ।

कीर्तिपुरको टियू क्रिकेट मैदानमा जारी प्रतियोगिताको उद्घाटन खेलमा नेपालले जितसहित सुखद सुुरुआत गरेको हो। नेपालका लागि ओपनर आशिफ शेखले सर्वाधिक ४३ रन बनाए।

टस हारेर ब्याटिङको निम्तो पाएको नेपालले पुरा ओभर खेल्दै नौ विकेट गुमाएर १८३ रन बनाएको थियो। जवाफमा पीएनजीले १९ ओभर दुई बलमा सम्पूर्ण  विकेट गुमाएर १६८ रन मात्र बनाउन सक्यो।

पहिलो पारीअन्तर्गत नेपालले पहिलो १० ओभरमा सानदार प्रदशर्न गरे पनि पछिको १० ओरमा सम्हालिएर खेल्न सकेन्। खेलको आधा ओभर सकिँदा नेपालले एक विकेट गुमाएर ८६ रन बनाएको थियो। त्यो अवस्थाले नेपालले २०० को आसपासमा रन बनाउने संकत गर्दथ्र्यो। त्यसमाथि मैदानमा जमिरहेका थिए रोहित पौडेल आशिफ शेख।

नेपाली क्रिकेटमा यि दुवै खेलाडी आक्रामक ब्याटर हुन्। त्यस्तै, नेपाली क्रिकेटमा हार्ड हिटरका रुपमा चिनिने गरेका लोकेश बम, कुशल मल्ल र करण केसी ब्याटिङ लाइनमा नै थिए। तर नेपालले २०० रन भने बताउन सकेन। त्यतिबेला, घरेलु मैदानमा टी २० क्रिकेटका आक्रामक ओपनर कुशल भुर्तेल भने ११ बलमा २० रन बनाएर आउट भइसकेका थिए।

खेलको १२ औं ओभरको दोस्रो बलमा नेपालले दोस्रो ओपनर गुमायो। तर यो समयमा रोहित र आशिफले ८० रनको साझेदारी गरिसकेका थिए। विकेटकिपर अस्साद भालाको हातबाट अलेइ नाओले क्याचआउट गराउनुअघि आशिफले ३३ बलमा ४३ रन बनाइसकेका थिए।

उनले त्यो रन पाँच चौका र एक छक्काको सहयोगमा सम्भव भएको थियो। आशिफ आउट भएपछि रोहित पनि मैदानमा टिकेनन्। १३ औं ओभरको पहिलो बलमै चाड सुपरले रोहितलाई आउट गराए। आउट हुनुअघि उनले ३४ रन भने बनाइसकेका थिए।

त्यसपछि मैदानमा दिपेन्द्र र आरिफ शेखको साझेदारी एक ओभर मात्र टिक्न सक्यो। १४ औं ओभरमा सुरुको दुई बल वाइड गरेका चाल्सले अर्को बलमा अस्साद भालाबाट दिपेन्द्रलाई क्याचआउटछ गराए।

‘अपडाउन’ भइरहेको दिपेन्द्रको ब्याटिङ यो इनिङमा चार रनमै समेटियो। चार बलमा ११ रन बनाएका कुशल मल्ल पनि १५ औं ओभरको तेस्रो बलमा रिलेय हेकुरेबाट बोल्ड आउट भएपछि नेपाल १४ ओभर तीन बलमा पाँच विकेट गुमाएर १२९ रन बनाएको कमजोर अवस्थामा पुगिसकेको थियो।

नेपालले बीचको पाँच ओभरमा पाँच विकेट गुमाएको थियो। नेपालले १२ औं, १३ औं, १४ औं र १५ ओभरमा लगातार एकएक विकेट गुमाएपछि घरेलु टिम कमजोर अवस्थामा पुग्यो। तर विकेट झर्ने क्रम रोकिएन। १६ औं ओभरको तेस्रो बलमा लोकेश बम चार बलमा पाँच रन बनाएर आउट भए।

दोस्रो विकेट गुमाउँदा १०४ रन बनाएको नेपाली टिमले छैटौं विकेट गुमाउँदा १३४ रन मात्र बनाउन सक्यो। त्यसपछि करण केसीले दुई छक्का प्रहार गरेर केहि आशा देखाए पनि टिक्न चाहिँ सकेनन्। र, नेपालले १८ ओभरमा अर्को विकेट गुमायो। करणलाई अलेई नाओले आउट गराउँदा उनको खातामा १४ रन थियो। त्यसपछि मैदानमा आएको सोमपाल कामी पनि टिकन सकेनन्।

पीएनजीका लागि चार्ल अमिनी, चाड सुपर र अलेई नाओले समान २–२ विकेट लिए भने नोर्मम वाउना र रिलेय हेकुरेले समान १–१ विकेट लिए भने कुशल रनआउट भए।

पीएनजीको पारी

दोस्रो पारीको आपनिङमा आएका पीएनजीका टोनी उरा पाँच रन बनाएर करणको हातबाट आउट भए। अर्को ओपनर लेगा सिआकाले चाहिँ १० बलमा २१ रन बनाए।

तेस्रो नम्बरमा मैदान पसेका भालाले पनि सात रन मात्र बनाउन सके। तेस्रो विकेटका लागि पीएनजीले ठूलो साझेदारी नगरे पनि आउट हुनुअघि चाल्र्स अमिनीले २२ रन बनाइसकेका थिए।

त्यस्तै, कप्तान सन्दिपले आउट गराएका सेसे बाउले ३० रन बनाए भने नोर्मनले सर्वाधिक ५२ रनको अर्धसतकिय पारी खेले। नोर्ममलाई पनि करणले पेवेलियन पठाएका थिए।

नेपालका लागि करण र सन्दिपले समान ३–३ विकेट लिए भने अभिनाष बोहरानले दुई र सोमपाल कामीले एक विकेट लिए।

नेपाली टिमः

सन्दिप लामिछाने, आरिफ शेख, कुशल भुर्तेल, सोमपाल कामी, दिपेन्द्र सिंह ऐरी, सागर ढकाल, कमल सिंह ऐरी, आसिफ शेख, करण केसी, अभिनाष बोहरा, विवेक यादव, दिदिप नाथ, लोकश बम, कुशल मल्ल, आदिल अन्सारी र रोहित पौडेल

प्रकाशित: Mar 28, 2022| 16:09 सोमबार, चैत १४, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।
चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।
जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।
बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।