बिहीबार, फागुन २१, २०८२

राष्ट्रिय कराते प्रतियोगिता चैत १५ देखि

सात प्रदेश र तिन वटा बिभागिय टिम गरी १० टिम को सहभागीता रहेको प्रतियोगिता चौत १५ मा हुने आयोजकले जानकारी दिएको हो।
 |  सोमबार, चैत १४, २०७८

नेपाल समय

नेपाल समय

सोमबार, चैत १४, २०७८

काठमाडौं- नेपाल सितोरियो कराते संघको बार्षिक कार्यक्रमअन्तर्गतको वीर गणेशमान फाउण्डेशन राष्ट्रिय कराते प्रतियोगिता चैत्र १५ गते मंगलवारदेखि हुने भएको छ। सात प्रदेश र तिन वटा बिभागिय टिम गरी १० टिम को सहभागीता रहेको प्रतियोगिता चौत १५ मा हुने आयोजकले जानकारी दिएको हो।

प्रतियोगितामा पुरुषतर्फका नौ विधा सम्मिलित रहेका छन् भने महिलातर्फ छ विधा रहेका छन्। ५०, ५५, ६०, ६७, ७५, ८४ मुनी र ८४ माथि गरि एकल काता र टिम काता गरि पुरुषतर्फ नौ ईभेन्टस रहेका छन् भने महिलातर्फ ४५, ५०, ५५, ६१,६७ मुनि र ६८ माथि तर्फ एकल काता र टिम काता गरि ७ ईभेन्टस गरि कुल १६ ईभेन्टसमा १६ स्वर्ण पदक का निम्ति प्रतिस्पर्धा गराईने आयोजकले बताएको छ।

‘प्रतियोगिता ब्यवस्थित, मर्यादित, अनुशासित, धाँधली रहित, सभ्य र भव्य रुपमा सन्चालन र सम्पन्न गनै आयोजक समिति र उप-समितिहरु पनि गठन गरिएको छ,’ आयोजकले जारी गरेको विज्ञप्तिमा लेखिएको छ, ‘मुल आयोजक कमिटीमा कार्यकम संयोजक बद्रीनाथ श्रेष्ठको अध्यक्षतामा ५ सहस्यहरु धनविर महर्जन, पन्चकुमार महर्जन, प्रितम महर्जन, ओम कृष्ण कायस्थ र  सुजना श्रेष्ठ छन्।’

प्रतियोगिता सञ्चालन गर्न करिव २२ लाख रुपैया खर्च हुने बताइएको छ। दुईदिने प्रतियोगिता काठमाडौं सतुङ्गल स्थित डि.वी पार्टी भेन्युमा सन्चालन हुने छ।

प्रकाशित: Mar 28, 2022| 10:30 सोमबार, चैत १४, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।