आइतबार, मंसिर ७, २०८२
  • गृहपृष्ठ
  • खेलकुद
  • नेपाल-पीएनजी-मलेसिया सम्मिलित त्रिकोणात्मक टी-२० सिरिज आजबाट

नेपाल-पीएनजी-मलेसिया सम्मिलित त्रिकोणात्मक टी-२० सिरिज आजबाट

यसअघि नेपाली टिमले पीएनजीसँग दुई खेलको एकदिवसीय सिरिज खेलेको थियो। त्यो सिरिजमा पीएनजीले क्लिन स्विप गरेको थियो। त्यससँगै उसले सिरिजको उपाधि जितेको हो।
 |  सोमबार, चैत १४, २०७८

नेपाल समय

नेपाल समय

सोमबार, चैत १४, २०७८

काठमाडौं- काठमाडौंमा आजबाट नेपाल, मलेसिया र पपुवा न्युगिनी (पीएनजी) को त्रिकोणात्मक टी-२० सिरिज सुरु हुँदैछ। कीर्तिपुरको टियू मैदानमा हुने सिरिजको पहिलो खेलमा नेपालले पपुवा न्युगिनीको सामना गर्न लागेको हो।

National life

यसअघि नेपाली टिमले पीएनजीसँग दुई खेलको एकदिवसीय सिरिज खेलेको थियो। त्यो सिरिजमा पीएनजीले क्लिन स्विप गरेको थियो। त्यससँगै उसले सिरिजको उपाधि जितेको हो।

लिग दुई का दुवै खेलमा जित निकालेको नेपालले घरेलु सिरिजमा भने हार बेहोरेको हो। तर, आजको टी २० खेलमा जितको लक्ष्यका साथ नेपाल मैदान उत्रँदैछ।

यसअघि गएको बैसाखमा सम्पन्न टी-२० सिरिजमा नेपालले उपाधि जितेको थियो। सो सिरिजको फाइनलमा नेपालले नेदरल्यान्डलाई हराएर उपाधि जितेको थियो। तर त्यसपछि नेपाल बरियताको ११औं स्थानमा पुगेको थियो। तर पछिल्लो टी-२० विश्वकपको ग्लोबल छनोटमा हार बेहोरेपछि नेपालको बरियता दुई हप्तामै दुई स्थान खस्किएको थियो। अहिले नेपाल टी २० वरियताको १३औं स्थानमा छ। पीएनजी १९औं स्थानमा छ भने मलेसिया ३३औं स्थानमा छ।

प्रकाशित: Mar 28, 2022| 10:00 सोमबार, चैत १४, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।