बिहीबार, फागुन २१, २०८२
  • गृहपृष्ठ
  • खेलकुद
  • क्यानडाले ३६ वर्षपछि विश्वकप खेल्दै, अमेरिका र मेक्सिको छनोटको नजिकमा

क्यानडाले ३६ वर्षपछि विश्वकप खेल्दै, अमेरिका र मेक्सिको छनोटको नजिकमा

क्यानडाले आइतबार रातिको खेलमा जमैकाविरुद्ध सानदार जिता निकालेपछि उसले विश्वकपमा स्थान बनाएको हो। क्यानडाको मैदानमा भएको खेलमा उसले जमैकाविरुद्ध ४-० को जित निकालेको हो।
 |  सोमबार, चैत १४, २०७८

नेपाल समय

नेपाल समय

सोमबार, चैत १४, २०७८

काठमाडौं- उत्तर अमेरिकी छनोटको शीर्षस्थानमा रहेको क्यानडाले ३६ वर्षपछि विश्वकपमा स्थान बनाएको छ। क्यानडाले आइतबार रातिको खेलमा जमैकाविरुद्ध सानदार जिता निकालेपछि उसले विश्वकपमा स्थान बनाएको हो। क्यानडाको मैदानमा भएको खेलमा उसले जमैकाविरुद्ध ४-० को जित निकालेको हो।

क्यानडाका लागि साइकल लरिन, टाजोन बुचाना, जुनियर होइलेटले गोल गरेका थिए। त्यस्तै, खेकलो अन्तिम समयमा जमैकाका एड्रिन अरियाप्पमले आत्मधाति गोल गरेपछि क्यानडाले चार गोलको अग्रता बनाएको थियो।

त्यस्तै, छनोटमा दोस्रो स्थानमा रहेको अमेरिकाले पनि गएरातिको खेलमा पानामाविरुद्ध ५-१ को जित दर्ता गरेको छ। यो जितसँगै ऊ पनि विश्वकपको नजिक पुगेको छ। आठ टिम सम्मिलित छनोटमा अब अन्तिम चरणका खेलम मात्र बाँकी रहेका छन्।

 छनोटमा शीर्षस्थानको क्यानडाले विश्वकपमा स्थान बनाइसकेका छन्। दोस्रो र तेस्रो स्थानको अमेरिका र मेक्सिकोको समान २५-२५ अंक रहेको छ भने चौथो स्थानको कोस्टारिकाको चार अंक रहेको छ।

गएरातिको छनोट खेलमा मेक्सिकोले होन्डुरसविरुद्ध १-० को जित निकालेको हो भने कोस्टारिकाले एल सल्वाडोरविरुद्ध जित निकालेको थियो।

kumari

प्रकाशित: Mar 28, 2022| 08:40 सोमबार, चैत १४, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।