बिहीबार, फागुन २१, २०८२

आइपिएलमा बैंगलोरविरुद्ध पन्जाब किंग्सको जित

आइतबार राति सम्पन्न खेलमा बैंगलोरविरुद्ध पञ्जाबले पाँच विकेटको जित निकालेको हो।
 |  सोमबार, चैत १४, २०७८

नेपाल समय

नेपाल समय

सोमबार, चैत १४, २०७८

काठमाडौं- इन्डियन प्रिमियर लिग आईपीइलमा दिल्ली क्यापिटलविरुद्ध पञ्जाब किंग्सले जित निकालेको छ। आइतबार राति सम्पन्न खेलमा बैंगलोरविरुद्ध पञ्जाबले पाँच विकेटको जित निकालेको हो।

टस जितेर फिल्डिङ रोजेको पञ्जाबले २०६ रनको लक्ष्य पाएको थियो। जवाफमा उसले एक ओभर बाँकी रहँदै पाँच विकेट गुमाएर २०८ रन बनाउँदै लक्ष्य पुरा गरेको थियो। पञ्जाबका लागि मयंक अग्रवालले ३२ रन बनाए भने शिखर धवन र भानुका राजापक्ष्यले समान ४३-४३ रन बनाए। त्यस्तै, ओडेन स्मिथले २५ र शाहरुख खानले २४ रन बनाए।

यसक्रममा बैंगलोरका मोहम्मद सिरजले दुई विकेट लिए भने आकाश दीप वानिन्दू डि सिल्वा र हर्षल पटेलले समान १-१ विकेट बनाए।

यता पहिलोपारीमा बैंगलोरका फाफ डू प्लेसिसले ८८ रन बनाए भने विराट कोहलीले ४१ रन बनाए। त्यस्तै, दिनेश कार्तिकले ३२ रन जोडे। यता, पञ्जाबका अर्षदिप सिंह र राहुल चहरले समान १-१ विकेट लिए।

प्रकाशित: Mar 28, 2022| 08:30 सोमबार, चैत १४, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।