बिहीबार, चैत १२, २०८२
  • गृहपृष्ठ
  • खेलकुद
  • नेपाल, नेदरल्याण्ड्स र एमसीसीको त्रिकोणात्मक क्रिकेट शृंखला आज

नेपाल, नेदरल्याण्ड्स र एमसीसीको त्रिकोणात्मक क्रिकेट शृंखला आज

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

National life
Laxmi sunrise bank
kumari
काठमाडाैं- नेपालले आइतबार नेदरल्याण्ड्स र इंग्ल्याण्डको मेरिलेबोन क्रिकेट क्लब (एमसीसी) सँग त्रिकोणात्मक ट्वेण्टी–ट्वेण्टी क्रिकेट खेल्दैछ । मैत्रीपूर्ण भए पनि अन्तर्राष्ट्रिय क्रिकेट परिषद आईसीसीले मान्यता दिएकोले याे खेललाई  महत्वपूर्ण मानिएको छ । 

नेपालले पहिलो खेल एमसीसीसँगको खेल्ने छ । उक्त खेल नेपाली समय अनुसार बेलुका ६ बजेपछि शुरु हुनेछ । त्यस्तै, नेदरल्याण्ड्ससँगको अर्को खेल नेपालले नेपाली समय अनुसार राति १० बजेपछि खेल्नेछ । 

पहिलो खेल दिउँसो पौने ३ बजे नेदरल्याण्ड्स र एमसीसीबिच हुनेछ । नेपालका कप्तान पारस खड्काले नेपाली टीमका लागि आजको खेल महत्वपूर्ण अवसर भएको प्रतिक्रिया दिएका छन् । 

३ वर्षपछि नेपाली टोली आईसीसीले मान्यता दिएको ट्वेण्टी ट्वेण्टी क्रिकेट खेल्न लागेकाले नेपालका लागि आजको खेल महत्वपूर्ण र इतिहास बनाउने अवसर भएको कप्तान खड्काको भनाइ छ । 

एक हप्ताअघि इंग्ल्याण्ड पुगेको नेपाली टोलीले त्यहाँका स्थानीय क्लवहरुसँग दुई एकदिवसीय र दुई ट्वेण्टी ट्वेण्टी ढाँचाका अभ्यास खेल खेलेको थियो । जसमध्ये तीन खेलमा जित हासिल गरेको नेपाल १ खेलमा पराजित भएको थियो । 

त्रिकोणात्मक शृँखलापछि नेपाली टोली नेदरल्याण्ड्स प्रस्थान गर्नेछ । जहाँ नेपालले आगामी बुधबार र शुक्रबार नेदरल्याण्ड्ससँग एतिहासिक एकदिवसीय शृंखला खेल्नेछ । एकदिवसीय मान्यता पाएपछि पहिलो पटक नेपालले शृंखला खेल्न लागेको हो ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।