आइतबार, मंसिर ७, २०८२
  • गृहपृष्ठ
  • खेलकुद
  • लिगविजेता मछिन्द्रलाई हराएर पिप्लेले जित्यो राजर्षि जनक गोल्डकप

लिगविजेता मछिन्द्रलाई हराएर पिप्लेले जित्यो राजर्षि जनक गोल्डकप

लिगविजेता मछिन्द्र फुटबल क्लबलाई पेनाल्टीमा हराउँदै पिप्ले क्लबले राजर्षि जनक गोल्डकपको उपाधि जितेको छ।
 |  आइतबार, चैत १३, २०७८

नेपाल समय

नेपाल समय

आइतबार, चैत १३, २०७८

काठमाडौं– लिगविजेता मछिन्द्र फुटबल क्लबलाई पेनाल्टीमा हराउँदै पिप्ले क्लबले राजर्षि जनक गोल्डकपको उपाधि जितेको छ। बागमती क्लबले आयोजना गरेका गोल्डकपमा पिप्लेले मछिन्द्रलाई पेनाल्टीमा ४–३ ले हराउँदै उपाधि जितेको हो।

National life

प्रतियोगितामा आआफ्नो पोलबाट मच्छिन्द्र र पिप्ले क्लब फाइनल पुगेका थिए। पिप्लेको पोलमा मनाङ मर्स्याङ्दी, हिमालयन शेर्पा क्लब, एनआरटीलगायतका टिमहरु थिए। ती क्लबहरुलाई पछाडि छोड्दै पिप्लेले उपाधि जितेको हो।

उपाधिसँगै पिप्लेले १० लाख एक हजार पुस्कार जितेको छ भने मछिन्द्रले पाँच लाखमा चित्त बुझाएको छ। 

प्रतियोगितामा विमल घिसिङले बागमतीका वर्षखेलाडीको अवार्ड पाएका छन्। बागमती क्लब एकेडेमीका खेलाडी विमलले सो अवार्ड जितेका हुन्। त्यस्तै, पिप्लेका रुपम लामा प्रतियोगिताका उत्कृष्ट खेलाडी चुनिए।

राजर्षि जनक गोल्डकपको यो छैटौं संस्करण हो।

Laxmi sunrise bank
kumari

प्रकाशित: Mar 27, 2022| 20:16 आइतबार, चैत १३, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।