आइतबार, साउन ३१, २०८३

१ करोड ७७ लाखले स्थानीय चुनावमा भोट खसाल्न पाउने

स्थानीय तहको निर्वाचनमा १ करोड ७७ लाख ३३ हजार ७२३ मतदाताले भोट खसाल्न पाउने भएका छन्।
 |  आइतबार, चैत १३, २०७८

नेपाल समय

नेपाल समय

आइतबार, चैत १३, २०७८

काठमाडौं- स्थानीय तहको निर्वाचनमा १ करोड ७७ लाख ३३ हजार ७२३ मतदाताले भोट खसाल्न पाउने भएका छन्। निर्वाचन आयोगले आइतबार अन्तिम मतदाताको नामावली टुंगो लगाएको आयोगका सहायक प्रवक्ता तथा उपसचिव सूर्यप्रसाद अर्यालले जानकारी दिए।

आगामी निर्वाचनमा ८९ लाख ९२ हजार १० पुरुष मतदाता छन् भने ८७ लाख ४१ हजार ५ सय ३० महिला मतदाता रहेका छन्। यस्तै १८३ जना अन्य मतदाता छन्। 

आगामी वैखाख ३० गते हुने चुनावको लागि १० हजार ७५६ मतदानस्थल हुने भएका छन् भने २१ हजार ९५५ मतदान केन्द्र हुने भएको आयोगले जनाएको छ।

प्रकाशित: Mar 27, 2022| 20:09 आइतबार, चैत १३, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...