आइतबार, मंसिर ७, २०८२

थाई क्लबसँग नेपाली राष्ट्रिय टोली पराजित

आइतबार दिउँसो थाई लिग विजेता क्लब चोनबुरी एफसीसँग नेपाली राष्ट्रिय टोलीले पराजय व्यहोरेको छ। चोनबुरी रंगशालामा सम्पन्न खेलमा ३-१ को पराजय व्यहोरेको हो।
 |  आइतबार, चैत १३, २०७८

नेपाल समय

नेपाल समय

आइतबार, चैत १३, २०७८

काठमाडौं- आइतबार दिउँसो थाई लिग विजेता क्लब चोनबुरी एफसीसँग नेपाली राष्ट्रिय टोलीले पराजय व्यहोरेको छ। चोनबुरी रंगशालामा सम्पन्न खेलमा ३-१ को पराजय व्यहोरेको हो। 

National life

खेलमा चोनबुरीका पक्षबाट पहिलो गोल २४औँ मिनेटमा पान्थमित प्रपन्थले नेपालविरुद्ध गोल गरे। ६६औँ मिनेटमा रेनाटो केलिचले गोल गरेका थिए। खेलकाे इन्ज्युरी समयमा चोनबुरीका नाट्टापोङले क्लबको लागि अन्तिम गोल गरेका थिए।

चोनबुरीविरुद्ध खेलको ८३औँ मिनेटमा नेपालका दर्शन गुरुङले गोल गरेका हुन्। पहिलो रोजाइमा नपरेका दर्शनले गोल गरेसँगै नेपालले गोलअन्तर २-० बाट २–१ मा पुर्‍याएको थियो। तर पछि चोनबुरीले गोल थपेपछि नेपालले ३-१ को हार बेहोर्‍यो।

यो खेल नेपालले अब जुलाइमा खेल्ने एएफसी कप छनोटका लागि यो अन्तिम तयारी पनि गरेको हो। सो छनोटको समूह ए मा रहेको नेपालले जुलाईमा जोर्डन, कुवेत र इन्डोनेसियाको सामना गर्नेछ। त्यसैले प्रशिक्षक अब्दुल्लाह अलमुताइरीले कुवेत जत्तिकै बलियो टिम भन्दै थाइल्यान्डको टिमसँग खेल्न लागेको प्रतियागिता अघि बताएका थिए।

यो प्रतियोगिताअन्तर्गतको चोनबुरीसँगको खेलमा प्रशिक्षक अलमुताइरीले नयाँ खेलाडीलाई अवसर दिएका छन्। उनले गोलकिपरमा दीप कार्कीलाई अवसर दिए भने प्रशान्त अवस्थी, सुरज गुरुङ, सुवास गुरुङलगायतका खेलाडीलाई पनि अवसर प्रदान गरेका थिए।

Laxmi sunrise bank
kumari

पहिलो खेलमा नेपालले थाइल्यान्डसँग पहिलो हाफमा बराबरी गरे पनि दोस्रो हाफको अन्तिम १० मिनेटमा दुई गोलको सामना गरेको थियो। आजको खेलमा भने नेपालले ३०औं मिनेटमा पहिलो गोल बेहोर्‍यो भने दोस्रो गोल ६६औं मिनेटमा खेपेको थियो। त्यस्तै, नेपाले अन्तिम केही मिनेट बाँकी रहँदा तेस्रो गोल खाएपछि ३-१ को हार व्यहोरेको हो।

नेपालले यसअघि मार्च २४ तारिखमा थाइल्यान्डको राष्ट्रिय टिमविरुद्ध यही रंगशालामा खेलेको थियो। त्यो खेलमा पनि नेपालले २-० कै हार व्यहोरेको थियो। थाइल्यान्ड भ्रमणका दौरान नेपालका दर्शन गुरुङले मात्र गोल गर्न सकेन। 

थाइल्यान्ड भ्रमणका दौरान नेपालले ५ गोल बेहार्‍यो। नेपालले थाइल्यान्डको राट्रिय टिमसँग खेलेको खेल अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलमा गणना हुनेछ भने चोनबुरीसँग खेलेको खेल भने गणना हुनेछैन। चोनबरीविरुद्ध खेलेका खेलाडीले अन्तर्राष्ट्रिय खेल खेलको मान्यता पनि पाउने छैनन्।

नेपाली टिम:
दीप कार्की, अनन्त तामाङ, दिनेश राजवंशी, सुमन अर्याल, गौतम श्रेष्ठ, सन्तोष तामाङ, नविन गुरुङ, प्रशान्त अवस्थि, आशिष लामा, सुवास गुरुङ र एरिक विष्ट

प्रकाशित: Mar 27, 2022| 18:15 आइतबार, चैत १३, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।