आइतबार, मंसिर ७, २०८२

धर्मश्री शारीरिक सुगठनको विजेताले १० लाख पुरस्कार पाउने

खेलकुद क्षेत्रमा नेपालकै सबैभन्दा पुरानो संस्था नेपाल व्यायाम मन्दिरले आयोजना गरेको १६ औं धर्मश्री शारीरिक सुगठन प्रतियोगिताको विजेताले नगद १० लाख पुरस्कार प्राप्त गर्ने भएका छन्।
 |  आइतबार, चैत १३, २०७८

नेपाल समय

नेपाल समय

आइतबार, चैत १३, २०७८

काठमाडौं– खेलकुद क्षेत्रमा नेपालकै सबैभन्दा पुरानो संस्था नेपाल व्यायाम मन्दिरले आयोजना गरेको १६ औं धर्मश्री शारीरिक सुगठन प्रतियोगिताको विजेताले नगद १० लाख पुरस्कार प्राप्त गर्ने भएका छन्। काठमाडौंमा आज पत्रकार सम्मेलन गरेर व्यायाम मन्दिरका अध्यक्ष नारायण प्रधानले उक्त जानकारी गराएका हुन्।

National life

नेपाली खेलकुदमा व्यक्तििगत विधातर्फ यो सर्वाधिक पुरस्कार राशिको प्रतियोगिता रहेको आयोजकको दाबी छ। अघिल्लो संस्करणमा ५ लाख पुरस्कार रहेकोमा यो वर्ष दोब्बर बनाइएको हो। २०१० सालमा स्थापना भएको व्यायाम मन्दिरले संस्थापक एवं सहिद धर्मभक्त माथेमाको सम्मानमा २०४२ सालदेखि धर्मश्री प्रतियोगिताको आयोजना गर्ने गरेको छ।

प्रतियोगिताको १६ औं संस्करणमा महिला तथा पुरुष फिजिक्स विधा थप गरिएको आयोजकले बताएको छ। कमलादीस्थित प्रज्ञा प्रतिष्ठानमा आयोजना हुने प्रतियोगिताको ‘प्रि–जजिङ राउन्ड’ आउँदो वैशाख २३ गते हुनेछ भने फाइनल चरणका खेल वैशाख २४ गते हुनेछ। प्रतियोगितामा ५५, ६०, ६५, ७०, ७५, ८० र ८० भन्दा माथि केजी तौल समूहमा ४ सय खेलाडीहरुले प्रतिस्पर्धा गर्ने आयोजकले बताएको छ।

प्रत्येक विधामा प्रथम स्थान हासिल गर्ने खेलाडीबीच प्रतिस्पर्धा गराई विजयी हुनेलाई धर्मश्रीको उपाधिसहित सम्मान गरिने आयोजकले बताएको छ। प्रतियोगिताको उपविजेताले पाँच लाख, तेस्रो हुनेले दुई लाख पुरस्कार पाउनेछन्। यसैगरी चौथो हुने खेलाडीले एक लाख ५० हजार, पाँचौंले एक लाख, छैटौंले ९० हजार र सातौं हुनेले ८० हजार रुपैयाँ पुरस्कार प्राप्त गर्नेछन्।

प्रत्येक तौल समूहका उपविजेतालाई ४० हजार र तेस्रोलाई २५ हजार रुपैयाँ प्रदान गरिनेछ। महिला फिजिक्स तर्फको विजेतालाई दुई लाख, उपविजेतालाई एक लाख र तेस्रो हुनेलाई ५० हजार रुपैयाँ पुरस्कार प्रदान गरिने बताइएको छ।प्रतियोगिता सम्पन्न गर्न ९० लाख रुपैयाँ खर्च हुने आयोजकले जनाएको छ।

Laxmi sunrise bank
kumari

प्रकाशित: Mar 27, 2022| 17:25 आइतबार, चैत १३, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।