काठमाडौं- नेपाली कांग्रेस केन्द्रीय समिति बैठकमा आज पनि देउवा आक्रोशित बनेका छन्। नेपाली कांग्रेस केन्द्रीय सदस्य गोविन्द भट्टराई बोलिरहँदा देउवालाई झ्वाँक चलेको हो।
देउवा चुनावी तालमेलको पक्षमा छन्। भट्टराईले माओवादीले जितेका ठाउँमा एमालेसँग गठबन्धन गर्नुपर्ने धारणा राखेको पछि देउवा आक्रोशित बनेका हुन्। उनले तनहुँको प्रसंग उल्लेख गर्दै एमालेसँग गठबन्धन गर्नुपर्ने बताएका थिए।
यसपछि देउवा आक्रोशित बने। देउवाले भने- अनि कांग्रेसले जितका स्थानमा चाहिँ के गर्ने त? के गर्ने?
कांग्रेस बैठक जारी छ। बैठकमा हालसम्म ४८ जनाले धारणा राखेका छन्। सोमबार बैठकको निर्णय आउन सक्ने प्रवक्ता डा प्रकाशशरण महतले जानकारी दिएका छन्।