काठमाडौं- नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठकमा अर्थमन्त्री जनार्दन शर्माका विषयमा छलफल भएको छ। बैठकमा सहभागी कांग्रेस केन्द्रीय सदस्य प्रकाश स्नेहीले अर्थमन्त्री हटाउने विषयमा धारणा राखेका थिए।
'तत्काल अर्थमन्त्री नहटाउने हो भने चुनाव हामी थेगौँला, तर देश थेग्न सक्दैन,' स्नेहील भने।
पछिल्लो समय देशमा आर्थिक र वित्तीय संकट आउन लागेको भन्दै चिन्ता व्यक्त गर्न थालिएको छ। योसँगै अर्थमन्त्री शर्माको आलोचनासमेत भइरहेको छ।
उनले चुनावी तालमेल गर्न नहुने विषयमा धारणा राखेका थिए। कांग्रेस एक्लै चुनाव लड्न सक्ने बनाउनुपर्ने र एक्लै चुनाव लड्ने वातावरण मिलाउन पनि उनले सभापतिलाई आग्रह गरेका थिए।
'एमालेले जितेको ठाउँमा नेकपा एसलाई दिन सकिएला त? हामीलाई एक्लै चुनाव लड्न सक्ने वातावरण बनाइदिनुस् सभापतिज्यू,' बैठकमा स्नेहीले भने।