बिहीबार, फागुन २१, २०८२

चोनबुरीविरुद्ध खेल्ने नेपालको यास्तो छ प्लेइङ सेट

नेपालले आज अपराह्न पौने ४ बजेबाट थाइल्यान्डको घरेलु लिग विजेता चोनबुरी एफसीसँग मैत्रीपूर्ण फुटबल प्रतियोगिता खेल्दैछ।
 |  आइतबार, चैत १३, २०७८

नेपाल समय

नेपाल समय

आइतबार, चैत १३, २०७८

काठमाडौं– नेपालले आज अपराह्न पौने ४ बजेबाट थाइल्यान्डको घरेलु लिग विजेता चोनबुरी एफसीसँग मैत्रीपूर्ण फुटबल प्रतियोगिता खेल्दैछ। थाइल्यान्डको भ्रमणमा रहेको नेपाली टिमले त्यहाँ दोस्रो खेल लिग विजेता क्लबसँग खेल्न लागेको हो।

नेपालले यसअघि मार्च २४ तारिखमा थाइल्यान्डको राष्ट्रिय टिमविरुद्ध खेलेको थियो। त्यो खेलमा नेपालले २–० को हार बेहोरेको हो।

पहिलो हाफमा गोलरहित बराबरी गरे पनि दोस्रो हाफमा नेपालले दुई गोलको सामना गरेको हो। बराबरी वा जितको प्रयास गरिरहे पनि नेपालले हार बेहोरेको थियो। नेपाल आज जितको लक्ष्यका साथ मैदानमा उत्रँदैछ।

नेपाली टिम

दिप गुरुङ, सुदिप गुरुङ, अनन्त तामाङ, दिनेश राजवंशी, सुमन अर्याल, गौतम श्रेष्ठ, सन्तोष तामाङ, नविन गुरुङ, प्रशान्त अवस्थि, आशिष लामा, सुवास गुरुङ र एरिक विष्ट

kumari


प्रकाशित: Mar 27, 2022| 15:40 आइतबार, चैत १३, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।