आइतबार, साउन ३१, २०८३
  • गृहपृष्ठ
  • राजनीति
  • चिनियाँ विदेशमन्त्री र प्रचण्डबीचको भेटवार्तामा बीआरआईबारे छलफल

चिनियाँ विदेशमन्त्री र प्रचण्डबीचको भेटवार्तामा बीआरआईबारे छलफल

काठमाडौंस्थित मेरियट होटलमा भएको भेटवार्तामा माओवादी केन्द्रले बिआरआई परियोजना लगायतका परियोजनालाई कार्यान्वयनका निम्ति आवश्यक पहलकदमी लिन आग्रह गरेको नेता शक्तिबहादुर बस्नेतले जानकारी दिए।
 |  आइतबार, चैत १३, २०७८

नेपाल समय

नेपाल समय

आइतबार, चैत १३, २०७८

काठमाडौं- चिनियाँ विदेशमन्त्री वाङ र नेकपा(माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच आइतबार भएको भेटवार्तामा बीआरआईका परियोजना कार्यान्वयनका विषयमा छलफल भएको छ। 

काठमाडौंस्थित मेरियट होटलमा भएको भेटवार्तामा माओवादी केन्द्रले बिआरआई परियोजना लगायतका परियोजनालाई कार्यान्वयनका निम्ति आवश्यक पहलकदमी लिन आग्रह गरेको नेता शक्तिबहादुर बस्नेतले जानकारी दिए। दुई देशबिचको व्यापार घाटालाई सन्तुलित बनाउन व्यापार नाकाहरुलाई नियमित गर्न प्रयास बढाउनुपर्ने विषय राखेको उनले जानकारी दिए। 

‘हाम्रो पार्टीको तर्फबाट दुई देश बिचको ऐतिहासिक सम्बन्धहरुको बारेमा, दुई पार्टीहरुका बिचका सम्बन्धहरुका बारेमा चर्चा भयो। कोभिडको महामारीमा चीन सरकारको तर्फबाट गरिएको सहयोग, नेपालको पूर्वाधार निर्माण लगायतका विकास प्रयासहरुमा चीनका तर्फबाट गरिएका सहयोगका निम्ति धन्यवाद ज्ञापन गर्ने कुरा भयो । त्यसैगरी बिआरआई लगायतका जो परियोजनाहरु छन्, त्यसको कार्यान्वयनका निम्ति आवश्यक पहल बढाउनको निम्ति लिने पहलकदमीको बारेमा चर्चा भयो,' नेता बस्नेतले थपे, 'दुई देश बिचको व्यापार पछिल्लो महामारी लगायतका केही सन्दर्भहरुका कारणले व्यापार घाटा बढ्दै गइराखेको दुई देशबिचको सन्दर्भमा त्यसलाई सन्तुलित गर्नका लागि, त्यसमा एउटा सकारात्मक परिणामका निम्ति व्यापार नाकाहरुलाई नियमित गर्ने, सहजीकरण गर्ने र त्यसलाई सन्तुलित गर्नका निम्ति प्रयास बढाउने बारेमा हाम्रो तर्फबाट चर्चा गरियो। र त्यो अनुसार उहाँहरु सँग पनि कुरा भयो।’

माओवादी केन्द्रले नेपालमा चीन विरोधी गतिविधि हुन नदिन पार्टीको तर्फबाट आवश्यक भुमिका निर्वाह गर्ने पनि बताएको छ । त्यसैगरी, चिनियाँ पक्षले दुई देशबिचको पुरानो र ऐतिहासिक सम्बन्धको चर्चा गर्नुका साथै नेकपा(माओवादी केन्द्र) र चिनियाँ कम्युनिस्ट पार्टीबिचको सम्बन्धको बारेमा पनि चर्चा गरेको नेता बस्नेतले जानकारी दिए। नेपालको सबै राजनीतिक दलहरुसँग चीनको सम्बन्ध सुदृढ हुँदै गएको चिनियाँ पक्षले राखेको उनको भनाइ छ। 

‘उहाँहरुले पनि दुई देश बिचको पुरानो र ऐतिहासिक सम्बन्धको, दुई पार्टी बिचको सम्बन्धको बारेमा चर्चा गर्नुभयो । हाम्रो पार्टीको अध्यक्षलाई चिनियाँ कम्युनिष्ट पार्टी, चिनियाँ जनताको एउटा असल मित्रको रुपमा उहाँहरुले चित्रण पनि गर्नुभएको थियो । त्यस अतिरिक्त उहाँहरुले नेपालका सबै राजनीतिक पार्टीहरु सँगको सम्बन्ध सुदृढ हुँदै गइराखेको र राम्रो हुँदै गइराखेको बारेमा चर्चा गर्नुभएको थियो,' नेता बस्नेतले भने, 'हाम्रो तर्फबाट वान चाइना पोलिसी र नेपालको भुमि चीन बिरोधी कुनैपनि गतिविधिको निम्ति प्रयोग हुन नदिने, नेपालको तर्फबाट गर्दै आएको प्रतिवद्धताहरुलाई अझ व्यवहारिक रुप दिनको निम्ति पार्टीको तर्फबाट पनि आवश्यक सकारात्मक भुमिका निर्वाह गर्ने बारेमा चर्चा भएको थियो।’


प्रकाशित: Mar 27, 2022| 22:10 आइतबार, चैत १३, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...