आइतबार, साउन ३१, २०८३

कांग्रेस केन्द्रीय समिति बैठक सुरु

नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक सुरु भएको छ। सानेपास्थित केन्द्रीय कार्यालयमा दोस्रो दिनको बैठक सुरु भएको हो।
 |  आइतबार, चैत १३, २०७८

नेपाल समय

नेपाल समय

आइतबार, चैत १३, २०७८

काठमाडौं- नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक सुरु भएको छ। सानेपास्थित केन्द्रीय कार्यालयमा दोस्रो दिनको बैठक सुरु भएको हो।

सभापति शेरबहादुर देउवाले स्थानीय तहको निर्वाचनको तयारी र संसदीय समिति गठनबारे छलफल गर्न बैठक बोलाएका हुन्। शुक्रबारदेखि जारी बैठकमा चुनावी अभियानका लागि ७७ वटै जिल्लामा खटिएका केन्द्रीय नेताहरूले जिल्लाको वस्तुगत अवस्थाको रिपोर्टिङ गर्ने क्रम चलिरहेको छ। 

त्यसक्रममा चुनावमा गठबन्धन गर्ने वा नगर्ने भन्ने विषयमा नेताहरूले फरक-फरक मत राखिरहेका छन् । शुक्रबार २१ जिल्लामा खटिएका नेताहरूले धारणा राखेका थिए।

आइतबार बाँकी रहेका ५६ जिल्लामा खटिएका केन्द्रीय नेताहरूले धारणा राख्ने क्रम रहेको छ।

प्रकाशित: Mar 27, 2022| 12:26 आइतबार, चैत १३, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...