आइतबार, साउन ३१, २०८३

ओली र चिनियाँ विदेशमन्त्रीबीच मेरियट होटेलमा भेटवार्ता

नेपाल भ्रमणमा रहेका चिनियाँ विदेशमन्त्री वाङ यी र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीबीच भेटवार्ता भएको छ। वाङलाई भेट्न ओली आज बिहान नक्शालस्थित होटेल मेरियट पुगेका हुन्।
 |  आइतबार, चैत १३, २०७८

नेपाल समय

नेपाल समय

आइतबार, चैत १३, २०७८

काठमाडौं- नेपाल भ्रमणमा रहेका चिनियाँ विदेशमन्त्री वाङ यी र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीबीच भेटवार्ता भएको छ। वाङलाई भेट्न ओली आज बिहान नक्शालस्थित होटेल मेरियट पुगेका हुन्।

सोही होटलमा चिनियाँ विदेशमन्त्री र माओवादी केन्द्रका अध्यक्ष प्रचण्डबीच पनि भेटवार्ता हुने भएको छ।

तीन दिने नेपाल भ्रमणका लागि चैत ११ गते काठमाडौं आएका वाङ यी आजै राष्ट्रपति विद्यादेवी भण्डारीलाई पनि भेटेका छन्। उनी आजै स्वदेश फर्किंदैछन्।

प्रकाशित: Mar 27, 2022| 11:27 आइतबार, चैत १३, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...