आइतबार, साउन ३१, २०८३

कांग्रेससँग अन्य दलको तुलना हुनसक्दैन : प्रकाशमान सिंह

नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले परिवर्तनका लागि काम गरेको पार्टी नेपाली कांग्रेससँग अन्य दलको तुलना हुन नसक्ने बताएका छन्।
 |  आइतबार, चैत १३, २०७८

नेपाल समय

नेपाल समय

आइतबार, चैत १३, २०७८

काठमाडौं- नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले परिवर्तनका लागि काम गरेको पार्टी नेपाली कांग्रेससँग अन्य दलको तुलना हुन नसक्ने बताएका छन्।

नेपाली कांग्रेस जन-जनको मनमा बसेको पुरानो र भरपर्दो पार्टी भएको उनले बताए। कांग्रेसको एकमहिने अभियान अन्तरगत आज राजधानीको बानेश्वरमा आयोजित कार्यक्रमा बोल्दै उनले उक्त कुरा बताएका हुन्।

वर्तमान सत्ता गठबन्धन कांग्रेसको चाहाना नभै मुलुकको बाध्यात्मक अवस्था भएको उनले बताए। 'संविधान र लोकतन्त्रमाथि प्रहार भयपछि कांग्रेसले नेतृत्व लिनु परेको हो। हामीले लोकतन्त्रको रक्षाका लागि नेतृत्व लिएका हौं,' उनले भने।

स्थानीय निर्वाचनका सबन्धमा कांग्रेसले जारी केन्द्रीय समिति बैठकबाट उपयुक्त निर्णय लिनेसमेत उनले बताए। पार्टीले गर्ने निर्णय सबैले पालना गरेर जनतामा जानुपर्ने नेता सिंहको तर्क छ।

कांग्रेस सबै कमिटीले उम्मेदवार सिफारिस गर्दा  विधानको परिधिभित्र रहेर गर्नसमेत उनको आग्रह छ। टिकटका लागि सबैले प्रयास गर्नपाउने तर जसले टिकट पायो त्यो पार्टीको उम्मेदवार हुने भएकाले सबैले सहयोग गर्नुपर्ने उनले बताए।

प्रकाशित: Mar 27, 2022| 09:50 आइतबार, चैत १३, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...