एजेन्सी-प्रि- सिजनको इन्टरनेसनल च्याम्पियन्स कप फुटबलमा आर्सनलले आफ्नो पहिलो जित दर्ता गरेको छ । शनिबार साँझ दि नेस्नल स्टेडियममा भएको खेलमा आर्सनलले पेरिस सेन्ट जर्मेन (पिएसजी) लाई ५-१ ले पराजित गरेको हो ।
खेलको १३ औं मिनेटमा नै आर्सनलले अग्रता बनाएको थियो । खेलको १३ औं मिनेटमा आर्सनलका लागि मेसुट ओजिलले पहिलो गोल गरे । उनले पिएरे औबामेयङको पासमा गोल गरेका हुन । पहिलो हाफमा १-० को अग्रता बनाएको आर्सनल खेलको ६० औं मिनेटमा गोल खान पुग्यो ।
पिएसजीका लागि क्रिस्टोफर कुन्कुले पेनाल्टी मार्फत गोल गर्दै खेल १-१ को राबरीमा ल्याए । तर, गोल खाएको सात मिनेटमा नै आर्सनलका एलेकजान्दर लाकाजेट्टले गोल गर्दै २-१ को अग्रता बनाए ।
प्रतिस्पर्धात्मक बनेको खेलको ७१ औं मिनेट पुनः एलेकजान्दरले व्यक्तिगत दोस्रो गोल गदैं आर्सनलाई ३-१ को अग्रता दिलाए । उनले रोब होल्डीङको पासमा दोस्रो गोल गरेका थिए । टिमको तेस्रो गोलका लागि पास मिलाएका होल्डीङले ८७ औं मिनेटमा एक गोल गरे ।
उनले नेल्सनको सापमा गोल गर्दै टिमलाई ४-१ को फराकिलो अन्तर बनाए । त्यस्तै इनजुरी समयमा इडिए केतिहाले थप एक गोल गर्दै आर्सनलले ५-१ ले जित हात पा¥यो । यस जितसँगै एक खेल गुमाएको आर्सनलको ४ अंक भएको छ भने पिएसजीले दुबै खेल गुमाएको छ ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४