आइतबार, साउन ३१, २०८३

गृहमन्त्री खाण र राष्ट्रिय अपाङ्ग कोषका प्रतिनिधिमण्डलबीच भेट

गृहमन्त्री बालकृष्ण खाणले विश्व बैंकले विसं २०७२ मा गएको शक्तिशाली भूकम्पमा परेर अपाङ्गता भएकालाई जीविकोपार्जन र सहायक सामग्री किन्नका लागि उपलब्ध गराएको सहयोग राष्ट्रिय अपाङ्ग कोषमार्फत खर्च गर्ने वातावरण मिलाउन पहल गर्ने बताएका छन्।
 |  शनिबार, चैत १२, २०७८

नेपाल समय

नेपाल समय

शनिबार, चैत १२, २०७८

काठमाडौं- गृहमन्त्री बालकृष्ण खाणले विश्व बैंकले विसं २०७२ मा गएको शक्तिशाली भूकम्पमा परेर अपाङ्गता भएकालाई जीविकोपार्जन र सहायक सामग्री किन्नका लागि उपलब्ध गराएको सहयोग राष्ट्रिय अपाङ्ग कोषमार्फत खर्च गर्ने वातावरण मिलाउन पहल गर्ने बताएका छन्।

राष्ट्रिय अपाङ्ग कोषका अध्यक्ष डेकराज भट्टराई, सदस्य सचिव अनिता घिमिरे, राष्ट्रिय लोकतान्त्रिक अपाङ्ग सङ्घका निवर्तमान अध्यक्ष भोजराज श्रेष्ठसहितको टोलीसँगको भेटमा उनले सरकार शारीरिक अपाङ्गताका भएकाहरुको साथमा रहेको विश्वास दिलाए।

विश्व बैंकले २०७२ को भूकम्पमा परेर अपाङ्गता भएका २२९ जनालाई जीविकोपार्जन, सहायक सामग्री वितरण तथा आयआर्जनको वातावरण निर्माण गर्न नेपाल सरकारलाई रु छ करोड ७० लाख उपलब्ध गराएको थियो। त्यो रकम गृह मन्त्रालयअन्तर्गतको राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको कोषमा छ। सो अवसरमा प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत अनिल पोखरेलले कोषलाई प्राविधिकरूपमा सहयोग गर्न आग्रह गर्दै रकम प्राधिकरणमार्फत खर्च गरिने जानकारी दिए।

लोकतान्त्रिक अपाङ्ग सङ्घका अध्यक्ष श्रेष्ठले विश्व बैंकले अनुदान दिएको रकम कोषमार्फत खर्च गर्ने व्यवस्था भएको दाबी गरे । कोषका यसअघिका अध्यक्ष रमेश लामा र सदस्यसचिव सुष्मा कार्की खड्काले समाज कल्याण परिषद्को सहमति नलिइरहन रकम खर्च गर्न लागेपछि रकम परिचालनको काम रोकिएको छ।

गृहमन्त्री खाणले यसअधि स्पाइनल इञ्जुरी भएकालाई सरकारबाट सहयोगस्वरुप मासिक रु पाँच-पाँच हजार दिने व्यवस्था मिलाउन पहल गरेका थिए।

प्रकाशित: Mar 26, 2022| 23:00 शनिबार, चैत १२, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...