मंगलबार, पुस १, २०८२
  • गृहपृष्ठ
  • प्रदेश
  • स्थानीय तह निर्वाचन : जनशक्ति व्यवस्थापनमा निर्वाचन कार्यालय

स्थानीय तह निर्वाचन : जनशक्ति व्यवस्थापनमा निर्वाचन कार्यालय

सुर्खेतस्थित प्रदेश निर्वाचन कार्यालय आसन्न स्थानीय तह निर्वाचनका जनशक्ति व्यवस्थापनमा जुटेको छ। निर्वाचनको मिति नजिकिएसँगै कार्यालयले निर्वाचनपूर्वका व्यवस्थापकीय काममा तीव्रता दिएको जनाएको छ।
 |  शनिबार, चैत १२, २०७८

नेपाल समय

नेपाल समय

शनिबार, चैत १२, २०७८

सुर्खेत- सुर्खेतस्थित प्रदेश निर्वाचन कार्यालय आसन्न स्थानीय तह निर्वाचनका जनशक्ति व्यवस्थापनमा जुटेको छ। निर्वाचनको मिति नजिकिएसँगै कार्यालयले निर्वाचनपूर्वका व्यवस्थापकीय काममा तीव्रता दिएको जनाएको छ।

National life

सुर्खेतमा सुरक्षाकर्मीबाहेक करिब एक हजार २०० कर्मचारी आवश्यक पर्ने निर्वाचन कार्यालयको अनुमान छ। प्रदेश निर्वाचन अधिकारी दुर्गाप्रसाद चालिसेले जनशक्ति व्यवस्थापन, मतदान केन्द्रको अवलोकन, जिल्ला सुरक्षा समिति र स्थानीय तहसँग समन्वयको काम भइरहेको बताए। 

उनका अनुसार वीरेन्द्रनगरमा मुख्य निर्वाचन अधिकृतको कार्यालय र अन्य स्थानीय तहमा निर्वाचन अधिकृतको कार्यालय स्थापना गरिनेछ। ती कार्यालयमार्फत निर्वाचन सामग्री, कर्मचारी मतदानस्थलमा परिचालन गरिनेछ। 

'निर्वाचनमा खटिने कर्मचारीको व्यवस्थापनका लागि तीनै तहका सरकारी कार्यालयबाट विवरण सङ्कलन गरिरहेका छौँ,' उनले भने, 'मतदान अधिकृतदेखि केन्द्रमा खटिने कर्मचारीको व्यवस्थापनका लागि जिल्ला प्रशासन र स्थानीय तहसँग समन्वय भइरहेको छ।'

सुर्खेतमा दुई लाख ३८ हजार २०० मतदाता कायम भएका छन्। जिल्लाका नौ स्थानीय तहका १३८ स्थलमा २९२ मतदान केन्द्र प्रस्ताव गरिएको छ। त्यहाँ खटिने शिक्षक–कर्मचारीका अतिरिक्त सुरक्षाका लागि करिब एक हजार २०० म्यादी प्रहरी परिचालन गरिने प्रदेश निर्वाचन कार्यालयले जनाएको छ।

Laxmi sunrise bank
kumari

यसैबीच स्थानीय तहको निर्वाचन प्रयोजनका लागि सुर्खेतमा १९ राजनीतिक दल सक्रिय छन्। विसं २०७४ को स्थानीय तहको निर्वाचनमा पनि यहाँ १९ दलले भाग लिएका थिए। राष्ट्रिय मान्यता प्राप्त दल नेकपा (एमाले), नेपाली कांग्रेस, नेकपा (माओवादी केन्द्र), नेकपा एकीकृत समाजवादी), जनता समाजवादी पार्टी नेपाल र लोकतान्त्रिक समाजवादी नेपालले स्वतः चिह्न प्राप्त गर्नेछन् भने ती बाहेकका दलका लागि आयोगले चुनाव चिह्नका लागि आवदेन मागेको थियो।

नयाँ कति दल निर्वाचनमा सहभागी हुने र मतपत्रमा कति चिह्न हुने भन्नेबारे छानबिनपछि मात्रै टुङ्गो लाग्ने प्रदेश निर्वाचन अधिकारी चालिसेको भनाइ छ। निर्वाचन आयोगले राजनीतिक दललाई सम्बन्धित जिल्ला निर्वाचन कार्यालयहरूमा यही चैत ६ गतेसम्म चुनाव चिह्नका लागि आवेदन दिन भनेको थियो। सोहीअनुसार राष्ट्रिय मान्यताप्राप्त दलबाहेकका अन्य दलले चिह्नका लागि आवेदन दिएका थिए। 

प्रकाशित: Mar 26, 2022| 22:30 शनिबार, चैत १२, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कोसी प्रदेशमा आज सार्वजनिक बिदा

देश–१ को नाम कोसी कायम भएपछि उक्त प्रदेशमा आज सार्वजनिक बिदा दिइने भएको छ।

प्रदेश १ को नाम कोशी राख्न एमालेद्वारा प्रस्ताव दर्ता

प्रदेश १ को नाम कोशी राख्नका लागि सत्तारुढ नेकपा एमालेले प्रदेशसभामा प्रस्ताव दर्ता गरेको छ। 

प्रदेश १ ले आज नाम पाउँदै, कोशी हुने सम्भावना

प्रदेश १ ले बुधबार नाम पाउने भएको छ। आज बस्ने प्रदेशसभा बैठकमा नामकरण सम्बन्धि प्रस्ताव पेश हुने कार्यसूची रहेको हो। 

बागमतीबाट पनि बाहिरियो राप्रपा

हिजोमात्रै राप्रपाले प्रचण्ड सरकारबाट बाहिरिँदै समर्थन पनि फिर्ता लिएको थियो।

म्याग्दीका असला: पारखीलाई पुर्‍याउनै मुस्किल

प्राकृतिक चिकित्सालयका रूपमा परिचित तातोपानी बजार पछिल्लो समय म्याग्दी नदीको चिसो पानीमा हुर्किएका असला माछाको पारखीहरूका लागि गन्तव्यको रूपमा विकास भएको हो।