आइतबार, साउन ३१, २०८३
  • गृहपृष्ठ
  • राजनीति
  • प्रदीप पौडेलले भने - राजनीतिमा नयाँ संस्कृतिको विकास गर्न चाहन्छौँ

प्रदीप पौडेलले भने - राजनीतिमा नयाँ संस्कृतिको विकास गर्न चाहन्छौँ

राजनीतिमा एक अर्कालाई गाली र उछितो काढ्ने भन्दा पनि एकअर्कालाई सम्मानको राजनीतिक संस्कार बसाउन चाहेको उनको भनाइ छ।
 |  शनिबार, चैत १२, २०७८

नेपाल समय

नेपाल समय

शनिबार, चैत १२, २०७८

काठमाडौं- नेपाली कांग्रेसका प्रभावशाली नेता प्रदीप पौडेलले आफूहरुले नयाँ राजनीतिक संस्कृतिको विकास गर्न चाहेको बताएका छन्। राजनीतिमा एक अर्कालाई गाली र उछितो काढ्ने भन्दा पनि एकअर्कालाई सम्मानको राजनीतिक संस्कार बसाउन चाहेको उनको भनाइ छ। 

नेपाली कांग्रेस स्याङ्जाको बिरूवा गाउँपालिका कार्यसमितिद्वारा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै  नेता पौडेलले भने, ‘हामी राजनीतिमा नयाँ संस्कृतिकको विकास गर्न चाहन्छौँ।’

उनले आगामी चुनावमा कसैलाई हराउने भन्दा पनि पार्टीले जित्ने उद्देश्य भएको बताए। उनले अबको प्रतिस्पर्धा मुद्दामा आधारित हुनुपर्नेमा पनि जोड दिए। 

पौडेलले निर्वाचनमुखी गठबन्धनले मात्रै देशलाई उपलब्धी दिन नसक्ने पनि बताए। ‘चुनावमुखी गठबन्धनले चुनावमा जिताउनमात्रै काम गर्छ। निर्वाचनमुखी गठबन्धनले देशलाई उपलब्धी दिन सक्दै,’ उनको भनाइ छ। उनले अबको एजेण्डा आर्थिक विकासको हुनुपर्नेमा पनि सो क्रममा जोड दिए।

प्रकाशित: Mar 26, 2022| 18:47 शनिबार, चैत १२, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...