आइतबार, साउन ३१, २०८३

नेपाल र चीनबीच ९ बुँदे समझदारीपत्रमा हस्ताक्षर

नेपाल र चीनबीच ९ बुँदे समझदारी पत्रमा हस्ताक्षर भएको छ। शनिबार दिउँसो परराष्ट्रमन्त्री डा नारायण खड्का र चिनियाँ समकक्षी वाङ यीबीच भएको भेटवार्ता पछि दुवै देशका प्रतिनिधिमण्डलले ९ बुँदे समझदारी पत्रमा हस्ताक्षर गरेका हुन्।
 |  शनिबार, चैत १२, २०७८

नेपाल समय

नेपाल समय

शनिबार, चैत १२, २०७८

काठमाडौं- नेपाल र चीनबीच ९ बुँदे समझदारी पत्रमा हस्ताक्षर भएको छ। शनिबार दिउँसो परराष्ट्रमन्त्री डा नारायण खड्का र चिनियाँ समकक्षी वाङ यीबीच यस्तो समझदारी पत्रमा हस्ताक्षर भएको परराष्ट्र मन्त्रालय स्रोतले जानकारी दिएको हो। 

यस दुवै देशका प्रतिनिधिमण्डलले समझदारीपत्रमा समावेश गर्ने विषयबारे छलफल गरेका थिए। केरुङ–काठमाडौँ रेल, आर्थिक तथा प्राविधिक सहयोग, रातामाटे-केरुङ विद्युत् प्रसारण लाइनको सम्भाव्यता अध्ययन परिमार्जन, ऊर्जा क्षेत्रमा थप सहकार्य, चीनतर्फ विकासे घाँस निर्यात र भरतपुर अस्पतालमा चीनको सहयोगलगायत विषयमा सहमति भएको बताइएको छ। 

प्रतिनिधिमण्डल स्तरको वार्तामा परराष्ट्र, अर्थ, गृह, पर्यटन, ऊर्जा, भौतिक योजना, कृषि, उद्योग, भूमिसुधार र स्वास्थ्य मन्त्रालयका सचिव सहभागी थिए। त्यसैगरी परराष्ट्र मन्त्रालयका उच्च अधिकारी पनि बैठकमा सामेल थिए।

परराष्ट्रमन्त्री खड्काले चिनियाँ विदेशमन्त्रीको स्वागतमा शनिबार साँझ ७ः३० बजे होटल द्वारिकाजमा रात्रीभोज दिनेछन्। यसअघि विदेशमन्त्री वाङ यी शनिबार बिहान शिवपुरीमा हाइकिङका लागि गएका थिए। 

प्रकाशित: Mar 26, 2022| 17:50 शनिबार, चैत १२, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...