आइतबार, साउन ३१, २०८३
  • गृहपृष्ठ
  • राजनीति
  • परराष्ट्रमन्त्रीसँगको भेटपछि चिनियाँ विदेशमन्त्री बालुवाटार प्रस्थान

परराष्ट्रमन्त्रीसँगको भेटपछि चिनियाँ विदेशमन्त्री बालुवाटार प्रस्थान

नेपाल भ्रमणमा रहेका चिनियाँ विदेशमन्त्री वाङ यी प्रधानमन्त्री शेरबहादुर देउवासँगको भेटका लागि प्रधानमन्त्री निवास बालुवाटार प्रस्थान गरेका छन्।
 |  शनिबार, चैत १२, २०७८

नेपाल समय

नेपाल समय

शनिबार, चैत १२, २०७८

काठमाडौं- नेपाल भ्रमणमा रहेका चिनियाँ विदेशमन्त्री वाङ यी प्रधानमन्त्री शेरबहादुर देउवासँगको भेटका लागि प्रधानमन्त्री निवास बालुवाटार प्रस्थान गरेका छन्। शनिबार साँझ परराष्ट्रमन्त्री डा नारायण खड्कासँग सिंहदरवारमा भेटवार्ता गरेपछि प्रधानमन्त्रीसँग भेटका लागि बालुवाटार प्रस्थान गरेका हुन्। 

सिंहदरवारमा भएको भेटवार्तामा नेपाल र चीनका विविध विषयमा छलफल भएको थियो। दुवै देशका समकक्षीहरूको वान टु वान वार्ता सकिएपछि परराष्ट्रमन्त्री खड्का र चिनियाँ विदेशमन्त्री वाङबीच प्रतिनिधिमण्डल स्तरमा छलफल थियो। प्रतिनिधिमण्डलको वार्तापछि नेपाल र चीनबीच कम्तीमा विभिन्न समझदारीपत्रमा हस्ताक्षर भएको मन्त्रालयले जानकारी दिएको छ। 

प्रतिनिधिमण्डल स्तरको वार्तामा परराष्ट्र, अर्थ, गृह, पर्यटन, ऊर्जा, भौतिक योजना, कृषि, उद्योग, भूमिसुधार र स्वास्थ्य मन्त्रालयका सचिव सहभागी थिए। त्यसैगरी परराष्ट्र मन्त्रालयका उच्च अधिकारी पनि बैठकमा सामेल थिए। 

परराष्ट्रमन्त्री खड्काले चिनियाँ विदेशमन्त्रीको स्वागतमा शनिबार साँझ ७:३० बजे होटल द्वारिकाजमा रात्रीभोज दिनेछन्। 

प्रकाशित: Mar 26, 2022| 17:43 शनिबार, चैत १२, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...