बुधबार, असार ३१, २०८३

चेल्सीले तोक्यो हाजार्डको मुल्य २ सय मिलियन पाउण्ड 

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४
एजेन्सी–केहि हप्तादेखि अन्तराष्ट्रिय सञ्चार मध्यममा रियल म्याड्रिड चेल्सीका एडेन हाजार्ड भित्राउन नजिक रहेको बताउदै आएको थियो । 

सोहि अभिव्यक्ति आएसँगै चेल्सीले हाजार्डका लागि विश्व रेकर्ड मुल्य तोकेको छ । यस सिजन हाजार्डलाई कसैलो भित्र्याउन चाहे २ सय मिलियन पाउण्ड तिर्नु पर्ने आन्तराष्ट्रिय सञ्चार माध्यम डेली मेइलले जनाएको छ ।

चेल्सीका अनुसार उनको मूल्यले रियल मड्रिडका लागि रोकथामको कार्य गर्ने आशा गरिएको छ । यस अघि रियलले हाजार्डलाई भित्र्याउने प्रयास बारम्बार गरिरहेका थियो । 

हाजार्डको २ सय मिलियन पाउण्ड मूल्यमा कुनै क्लबले अनुबन्ध गर्दा उनी विश्वकै सबैभन्दा महंगा खेलाडी हुने छन् । यस अघि ब्राजिलियन स्टार नेयमार पेरिस सेन्ट जर्मेन (पिएसजी) जाँदा बार्सिलोनालाई १९८ मिलियन पाउण्ड तिरेको थियो । यो नै अहिले सम्मको सबैभन्दा धेरै खेलाडी क्लबमा अनुबन्धित गर्दा खर्चेको रकम हो ।

रियल हाजार्डका लागि सुहाउदो गन्तव्य भए पनि चेल्सी भने उनलाई बेच्न नचाहेको बताएको छ । तर, हाजार्डले यस कदमका लागि कुनै दबाब नदिएको मुख्य प्रशिक्षक माउरिजियो सारीले बताएका छन् । यस अघि विलियन पनि बार्सा जानबाट बचेका थिए ।

रियलले आफ्ना सुपरस्टार क्रिस्टियानो रोनाल्डो गुमाएपछि ट्रान्सफर विन्डोमा उनको विक्ल्पको खोजीमा रहेको छ । रियल म्याड्रिडले पिएसजीका नेयमार र किलियन बाप्पेलाई भित्राउन प्राथमिकतामा राखे पनि दुवैले यस सिजनका लागि आफू पेरिसमा रहने बताए पछि उनीहरुलाई पछ्याउन छोडेको थियो ।  विश्वकपमा उत्कृष्ट प्रदर्शन गर्दै सिल्भर बल (दोस्रो उत्कृष्ट खेलाडी) को उपाधि जितेका हाजार्डले प्रतियोगितामा आफ्नो क्षमता देखाइसकेका छन् । 
 
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।