सोमबार, असार ३०, २०८२

एकदिवसीय सिरिजमा पपुवा न्यु गिनीको 'क्लिन स्विप'

शनिबारको दोसो खेलमा टस जितेर ब्याटिङ राजेको नेपालले पुरा ओभर खेल्दै आठ विकेट गुमाएर २७८ रन बनाएको थियो। जवाफमा पीएनजीले ४८ ओभर चार बल खेल्दै सात विकेट गुमाएर २७९ रनको लक्ष्य २८३ रन बनाएर पुरा गरेको थियो।
 |  शनिबार, चैत १२, २०७८
nespernesper

नेपाल समय

नेपाल समय

शनिबार, चैत १२, २०७८

vianetvianet

काठमाडौं- कीर्तिपुर मैदान आयोजना भएको एकदिवसीय सिरिजमा घरेलु टिम नेपालविरुद्ध पहुना टिम पपुवा न्युगिनी(पीएनजी) ले क्लिन स्विप गरेको छ। शुक्रबार छ रनको र शनिबार तीन विकेटको जित निकाल्दै पपुवा न्युगिनीले सिरिजमा २-० को क्लिन स्विप गर्‍यो।

शनिबारको दोसो खेलमा टस जितेर ब्याटिङ राजेको नेपालले पुरा ओभर खेल्दै आठ विकेट गुमाएर २७८ रन बनाएको थियो। जवाफमा पीएनजीले ४८ ओभर चार बल खेल्दै सात विकेट गुमाएर २७९ रनको लक्ष्य २८३ रन बनाएर पुरा गरेको थियो।

पीएनजीका लागि लेगा सिआकाले सर्वाधिक ९० रनको योदान दिए। १२ चौका र एक छक्का प्रहार गरेका साकाले १०२ बलमा सो रन बनाएका थिए। पीएनजीका अर्का ओपनर टोनी उराले भने नौ रन मात्र बनाउन सके।

तेस्रो नम्बरमा मैदान पसेका अस्साद वाला शून्य रनमै आउट भएपछि पाहुना टिमले दोस्रो ओभरमै दुई विकेट गुमाइसकेको थियो। तर, तेस्रा विकेटका लागि सिआका र चार्ल अमिनीले ६९ रनको साझेदारी गरे। १३औं ओभरको पहिलो बलमा ३५ रन बनाएको चालर्सलाई सन्दिपले एलबीडब्लू धरापमा पार्दै पेवेलियन फर्काएर साझेदारी तोडेका थिए।

त्यसपछि पनि लेगासँग सेसे बाउले ठूलो साझेदारी गरे। उनीहरुले ११० रनको साझेदारी गर्दै ३२ ओभरमा टिमको स्कोर १८८ बनाएका थिए। त्यसबेला पवन सर्राफले सिधै स्टाम्पमा प्रहार गर्दै लेगालाई आउट गराए।

सरार्फले नै ३७औं ओभरमा सेसेलाई आउट गराए पनि पीएनजी २०१ रन बनाएर पाँच विकेट गुमाएको सहज अवास्थामै थियो। त्यसबेला उसलाई १३ ओभरमा ७८ रनको आवश्यक्ता थियो। यद्यपी पीएनजीले ४३औं ओभरमा हिरीहिरीलाई र ४४औं ओभरमा नोर्मनलाई गुमायो। उनीहरुले क्रमशः १३ र ११ रन बनाए।

पीएनजीलाई अन्तिम तीन ओभरमा १३ रनको मात्र खाँचो थियो। तीन विकेट हातमा भएको अवस्थामा हेकुरे र चाड सुपर अविजित रहँदै जित दिलाए। सुपरले ४८ औं ओभरको चौथो बलमा विजयी छक्का प्रहार गर्दै पीएनजीलाई जित दिलाएका थिए। उनले १६ रन बनाए भने ह्याकुराले ४८ रन बनाए।


 


सोमपालले आज पीएनजीका उत्कृष्ट खेलाडी टोनी, चाल्र्स र हिरीलाई आउट गराए। सोमपालले नौ ओभर बलिङ गर्दै ३८ रन खर्चिएर तीन विकेट लिए भने पवन सर्राफले दुई र सन्दिप लामिछानेले एक विकेट गिराए। आरिफले पनि एक विकेट लिए।

आजको खेलको बलिङमा गुल्सन झा, भीम सार्की र कुशल भुर्तेललाई पनि समान १-१ ओभर दिइएको थियो।

सदाझैँ आज पनि नेपालले ओपनिङमा साझेदारी गर्न सकेन्। टी यू मैदानमै गएको बैशाखमा चम्किएका कुशल भुर्तेल गोल्डेन डगआउट भए। ओपनिङमा भुर्तेलसँगै आएका आनिल शाह पनि एक रन बनाएर आउट भए। यि दुवै खेलाडीको विकेट अलेई नाओको नाममा रह्यो। शुक्रबार मात्र डेब्यु गरेका देव खनालले भने शनिबार उत्कृष्ट पारी खेले। चार्लको बलबाट एलबीडब्यू आउट हुनुअघि उनले ८६ बलमा ७२ रन बनाइसकेका थिए।

एकदीवसीय अन्तर्राष्ट्रियमा यो उनको पहिलो अर्धसतक समेत हो। उनीसँगै १२९ रनको लामो साझेदारी गरेका दिपेन्द्र सिंह ऐरीले १०५ रनको सतकिय पारी खेले।

साथै शुक्रबार मात्र बनेको १०४ रनको साझेदारीको रेकर्ड आज देव र  दिपेन्द्रले तोडेका छन्। यो उनीहरुले तेस्रो विकेटका लागि यो रेकर्ड बनाएका हुन्। अब अर्को रेकर्ड नबन्दासम्म यी दुई खेलाडीले गरेको १२९ रनको साझेदारी नेपाली क्रिकेट टिमको कीर्तिमान हुनेछ।

दुई ओभर एक बलमा दुई विकेट गुमाएर पाँच रन मात्र बनाएको खराब अवस्थाबाट यी दुई खेलाडीले नेपालको स्कोर १३४ रनमा पुर्‍याएका थिए। त्यसबेला देव खनाललाई चाल्र्सले आउट गराए।

त्यस्तै, रोहित पौडेल र दिपेन्द्रले ५८ रनको साझेदारी गरे। ३९ ओभरमा रोहित ३५ रन बनाएर आउट हुँदा नेपाल २०० रनबाट आठ रनले मात्र टाढा थियो। क्रिकेटमा जमेका दिपेन्द्रलाई आउट गराउन पीएनजीलाई निकै सकस परेको थियो। खेलको ४७औं ओभरमा मात्र पीएनजी उनको विकेट लिन सफल भयो।

वउनाको बलमा चाड सुपरले क्याच गरेपछि दिपेन्द्र जिवनको पहिलो सतक प्रहार गर्दै आउट भएका थिए। समग्रमा नेपाली खेलाडीले एकदिवसीय क्रिकेटमा बनाएको यो तेस्रो सतक पनि हो। यसअघि पारस खड्का र रोहित पौडेलले नेपालका लागि सतक प्रहार गरेका थिए। खेलको अन्तिम ११ बलमात्र बाँकी रहँदा मैदान पसेका सन्दिपले उत्कृष्ट फिनिसिङ गरे।

उनले नौ बलमा २४ रन बनाएपछि नेपालले पीएनजीलाई चुनौतिपूर्ण लक्ष्य पस्किएको थियो। तर पीएनजीलाई रोक्न नसक्दा नेपालले हार बेहार्यो।

त्यस्तै, सन्दिप लामिछानेले पनि नौ बलमा २४ रनको योगदान दिएर अविजित रहे। त्यस्तै, नेपालका लागि देव खनालले पहिलो पटक अर्धसतक बनाए। उनले ८६ बलमा ७२ रन बनाएका थिए। त्यस्तै, रोहित पौडेलले ३५ र भीम सार्कीले २६ रन बनाएका थिए।

नेपालका कुशल भुर्तेल र पवन सर्राफ शून्य रनमै आउट भए। अनिल शाहले एक र आरिफ शेखले चार रन जोडे। इता पपुवा न्यु गिनीका आलेई नाओले तीन, नोर्मन वाउनाले दुई विकेट गिराउँदा चाड सुपर र चार्ल अमिनीले समान १-१ विकेट लिए।

प्रकाशित: Mar 26, 2022| 18:07 शनिबार, चैत १२, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।
चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।
जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।
बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।