आइतबार, साउन ३१, २०८३

चार तस्बिरमा परराष्ट्रमन्त्री र चिनियाँ समकक्षी

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा केहीबेरअघि भएको भेटवार्तामा पारस्परिक हित र साझा चासोका सबै पक्षमा विचार विमर्श भएको हो।
 |  शनिबार, चैत १२, २०७८

नेपाल समय

नेपाल समय

शनिबार, चैत १२, २०७८

काठमाडौं- परराष्ट्रमन्त्री डा. नारायण खड्का र चीनको राज्यपरिषद् सदस्य एवं परराष्ट्रमन्त्री वाङ यीबीच नेपाल-चीन सम्बन्धका समग्र पक्षमा छलफल भएको छ। प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा केहीबेरअघि भएको भेटवार्तामा पारस्परिक हित र साझा चासोका सबै पक्षमा विचार विमर्श भएको हो।

उनिहरूबीच राष्ट्रिय, क्षेत्रीय र अन्तर्राष्ट्रिय मुद्दामा छलफल हुनका साथै कोरोना महामारीको कठिन परिस्थितिमा चीनले खोपसहित विविध स्वास्थ्य सामग्री उपलब्ध गराएकामा नेपाल सरकारका तर्फबाट मन्त्री खड्काले आभार व्यक्त गरेका छन्।

एकचीन नीतिप्रति नेपालको अटल प्रतिबद्धता दोहोर्‍याउँदै परराष्ट्रमन्त्रीले नेपाली उत्पादन चीनतर्फ निकासी हुने नाका सञ्चालन नहुँदा मुलुकको अर्थतन्त्रमा परेको नकारात्मक असरतर्फ चिनियाँ विदेशमन्त्रीको ध्यानाकर्षण गराएका थिए। 



प्रकाशित: Mar 26, 2022| 17:12 शनिबार, चैत १२, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...