आइतबार, साउन ३१, २०८३

एमालेले दुई तिहाई होइन, दुई-तीन सिट ल्याउँछ : झलनाथ खनाल

'नेकपा एमालेले आगामी चुनावमा दुई तिहाई त होइन, त्यसको उल्टो दुई, तीन वटा हुन सक्छ। अब केपी ओलीले ल्याउने भनेको २/३ वटा हो,' पूर्वप्रधानमन्त्रीसमेत रहेका नेता झलनाथ खनालले भने।
 |  शनिबार, चैत १२, २०७८

नेपाल समय

नेपाल समय

शनिबार, चैत १२, २०७८

काठमाडौं- नेकपा (एकीकृत समाजवादी) नेता झलनाथ खनालले नेकपा एमालेले आगामी चुनावमा दुई तिहाइ मत ल्याउन नसक्ने दाबी गरेका छन्। शनिबार काठमाडौंमा आयोजना भएको नेकपा (एकीकृत समाजवादी) निकट समाजवादी प्रेस संगठन नेपालको केन्द्रीय कमिटी प्रथम विस्तारित बैठकमा बोल्दै पूर्वप्रधानमन्त्री खनालले यस्तो दाबी गरेका हुन्। 

'नेकपा एमालेले आगामी चुनावमा दुई तिहाई त होइन, त्यसको उल्टो दुई, तीन वटा हुन सक्छ। अब केपी ओलीले ल्याउने भनेको २/३ वटा हो,' पूर्वप्रधानमन्त्रीसमेत रहेका नेता झलनाथ खनालले भने। 

नेकपा एमाले भनेको इतिहास भएको भन्दै उनले अहिले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको नेतृत्वमा रहेको पार्टी दक्षिणपन्थी अवसरवादको गुट मात्र बाँकी रहेको आरोपसमेत लगाए। ओली गुटले अहिले पनि देशभर नेकपा एमाले हौँ भनेर भ्रम छर्ने काम गरेको पनि उनको भनाइ थियो। 

नेकपा एमालेमा रहेका नेता तथा कार्यकर्तालाई जनताको साथ दिइरहेको पार्टी नेकपा एकीकृत समाजवादीमा आउन पनि उनको आग्रह छ। 

खनालको बाँकी भनाइ जस्ताको तस्तै 

तत्कालीन नेपाल कम्युनिष्ट पार्टी (नेकपा) लाई भत्काउनको लागि पार्टी विभाजन गर्ने कामहरु गरियो। तीन वर्षसम्म चलिसकेको एकीकृत पार्टीलाई विभाजित गरियो र त्यो विभाजन पछाडि उत्प्रेषणको अधिकारबाट एउटा नयाँ गुटको जन्म भयो। हामीले लामो समयदेखि लगाएर बनाएको नेकपा जुन थियो त्यो नवौँ महाधिवेशनसम्म लगातार जारी रह्यो। त्यसले महत्वपूर्ण ऐतिहासिक भुमिका पनि खेल्यो। तर निर्वाचनको पूर्व घडि तिरको सेरोफेरोमा हामीले त्यो पार्टी र नेकपा माओवादी केन्द्रसँग एकीकरण गर्‍यौं। एकीकरण गरेपछि त्यतिबेला त नेकपा एमाले त सिध्यो नि। त्यो त इतिहासको वस्तु भयो, त्यो इतिहासको वस्तु भइसकेपछिको अवधिमा उत्प्रेषणको अधिकारबाट सर्वोच्च अदालतबाट व्युँताइएको पार्टीको नाम हो अहिले केपी ओलीको नेतृत्वमा रहेको पार्टी। यो गुट हो। यो नयाँ प्रकारले जन्म भएको गुटले देशभर यो नेकपा एमाले हो भनेर भ्रम छरिरहेको छ। हामीले बनाएको नेकपा एमाले त्यो होइन। अझै पनि थुप्रै साथीहरु नेकपा एमालेभित्र हामीले तन्त्रमन्त्र सुनाएका, हामीले प्रशिक्षित गरेका साथीहरु भ्रमवश बस्नुभएको छ। सही क्रान्तिकारी कार्यनिष्ठातिर आउन, समाजवादको बाटोतर्फ अघि बढ्न हार्दिक आह्वान गर्न चाहन्छु। 

यतिबेलाको नेपालमा वैचारिक रुपले यो दक्षिणपन्थी अवसरवाद सबैभन्दा ठूलो अवारेध हो। वर्गीय रुपले होइन। वैचारिक रुपले। विचार, नीति सन्दर्भमा यो सबैभन्दा ठूलो अवरोध हो। वर्गीय रुपले दलाल पूँजीवाद हो। त्यो बिरुद्ध हामीले लड्नुपर्छ।  हामीले ६ महिनाअघि देखि बिद्रोह गरेर नेकपा एकीकृत समाजवादी पार्टी निर्माण गरेका छौँ। यो बीचमा एउटा राष्ट्रव्यापी पार्टीले आकार लिएको छ। नेपालको इतिहास पढ्नुस् त, टंकप्रसाद आचार्यले बनाएको पार्टीदेखि आजसम्म यति पार्टीहरु बने नेपालमा तर ६ महिनामा यत्रो राष्ट्रव्यापी कसले बनाएको थियो ? हामी सोध्न चाहन्छौँ। ६ महिनाको बीचमा यो पार्टीको जुन विकास भयो यो वास्तवमा असाधारण विकास हो। राम्रो ढंगले विकास गरेको छ। तर हामी यसमा सन्तुष्ट छैनौँ।

प्रकाशित: Mar 26, 2022| 16:55 शनिबार, चैत १२, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...