आइतबार, साउन ३१, २०८३
  • गृहपृष्ठ
  • राजनीति
  • चिनियाँ विदेशमन्त्री पुगे सिंहदरबार, परराष्ट्रमन्त्रीपछि भेट्दै प्रधानमन्त्री

चिनियाँ विदेशमन्त्री पुगे सिंहदरबार, परराष्ट्रमन्त्रीपछि भेट्दै प्रधानमन्त्री

मन्त्रालयमा डा खड्कासँग वाङको भेट हुँदैछ।
 |  शनिबार, चैत १२, २०७८

नेपाल समय

नेपाल समय

शनिबार, चैत १२, २०७८

काठमाडौं- चिनियाँ विदेशमन्त्री वाङ यी सिंहदरबार पुगेका छन्। परराष्ट्रमन्त्री डा नारायण खड्कासँगको भेटका लागि विदेशमन्त्री वाङ सिंहदरवार पुगेका हुन्। परराष्ट्र मन्त्रालयमा डा खड्कासँग वाङको भेट हुँदैछ। 

शिवपुरीबाट फर्केपछि द्वारिका होटलमा पुगेका वाङ सिंह दरबार पुगेका हुन्। उनले साँझ ५ बजे प्रधानमन्त्री शेरबहादुर देउवालाई भेट्ने कार्यक्रम छ। प्रधानमन्त्री निवास बालुवाटारमा देउवासँग वाङको भेट हुने तय भएको प्रधानमन्त्रीको सचिवालयले जानकारी दिएको छ। 

वाङले आइतबार बिहान १० बजे राष्ट्रपति विद्यादेवी भण्डारीलाई भेटिसकेपछि एमालेका अध्यक्ष केपी शर्मा ओली र माओवादी केन्द्रका अध्यक्ष प्रचण्डलाई पनि भेट गर्ने कार्यक्रम तय गरिएको छ। 

प्रकाशित: Mar 26, 2022| 16:07 शनिबार, चैत १२, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...