आइतबार, साउन ३१, २०८३

एमाले दुई-तीन सिटमा सिमित हुन्छ : झलनाथ खनाल

नेकपा एकीकृत समाजवादी पार्टीका नेता झलनाथ खनालले नेकपा एमालेले आगामी निर्वाचन दुई/तीन सिटमा सिमित हुने बताएका छन्। उनले एमालेले दुई तिहाई नभएर दुई/तीन सिट मात्र ल्याउने दाबी गरेका हुन्।
 |  शनिबार, चैत १२, २०७८

नेपाल समय

नेपाल समय

शनिबार, चैत १२, २०७८

काठमाडौं- नेकपा एकीकृत समाजवादी पार्टीका नेता झलनाथ खनालले नेकपा एमालेले आगामी निर्वाचन दुई/तीन सिटमा सिमित हुने बताएका छन्। उनले एमालेले दुई तिहाई नभएर दुई/तीन सिट मात्र ल्याउने दाबी गरेका हुन्। 

शनिबार समाजवादी प्रेस संगठन केन्द्रीय कमिटीको विस्तारिक बैठकलाई सम्बोधन गर्दै नेता खनालले एमाले अध्यक्ष केपी शर्मा ओलीले आफ्ना साथीसंगीलवाई बिर्सेको आरोप लगाए।

पार्टीलाई भर्‍याङ बनाएर ओलीले राजनीति गरिरहेको खनालको आरोप छ। 'अहिलेको एमाले पार्टी नभएर अदालतले जन्माएको गुट मात्र  हो। ओली गुट अझै खस्दै जाने छ,' उनले भने।

उनले एमाले एउटा गुट मात्रै बाँकी रहेकाले एमालेसँग सम्बन्ध विच्छेत गर्न उनले एमालेका नेता कार्यकर्ताहरूलाई आग्रह गरेका छन्।

अहिले देशभित्र देखिएको आर्थिक अवस्थाको दोषी ओली भएको खनालको आरोप छ। बैंकिङ तरलता पनि केपी ओली सरकारको पृष्ठभूमिबाट आएको उनले बताए।

प्रकाशित: Mar 26, 2022| 13:10 शनिबार, चैत १२, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...