आइतबार, साउन ३१, २०८३
  • गृहपृष्ठ
  • राजनीति
  • एमाले उपाध्यक्ष पौडेलसहितको प्रतिनिधिमण्डल चीनको चार दिने भ्रमण सकेर स्वदेश फिर्ता

एमाले उपाध्यक्ष पौडेलसहितको प्रतिनिधिमण्डल चीनको चार दिने भ्रमण सकेर स्वदेश फिर्ता

चीनको कुन्मिङमा आयोजित एक कार्यक्रममा सहभागी भएर सो प्रतिनिधिमण्डल शुक्रवार राति स्वदेश फर्किएको हो। सो प्रतिनिधिमण्डल गत सोमवार चीन गएको थियो।
 |  शनिबार, चैत १२, २०७८

नेपाल समय

नेपाल समय

शनिबार, चैत १२, २०७८

काठमाडौं- नेपाल कम्युनिष्ट पार्टी (एमाले) का उपाध्यक्ष विष्णु पौडेल नेतृत्वको एमालेको प्रतिनिधिमण्डल चीनको चारदिने भ्रमण सकेर शुक्रबार स्वदेश फर्किएको छ।

चीनको कुन्मिङमा आयोजित एक कार्यक्रममा सहभागी भएर सो प्रतिनिधिमण्डल शुक्रवार राति स्वदेश फर्किएको हो। सो प्रतिनिधिमण्डल गत सोमवार चीन गएको थियो।

उपाध्यक्ष पौडेल नेतृत्वको चार सदस्यीय प्रातिनिधिमण्डल चीनको कुन्मिङमा आयोजना भएको ‘इकोनोमिक कोअपरेशन एन्ड कल्चरल एक्सचेन्ज’ कार्यक्रममा सहभागी भएको थियो। सो प्रतिनिधिमण्डलमा उपाध्यक्ष पौडेलसहित स्थायी कमिटी सदस्य काशीनाथ अधिकारी, लेखा आयोगका अध्यक्ष पुष्पराज कँडेल र केन्द्रीय सदस्य मीना रखाल थिए। 

स्वदेश फर्किएपछि उपाध्यक्ष पौडेलले सो कार्यक्रममा नेपालका तर्फबाट धारणा राखेको प्रतिक्रिया दिँदै उनले नेपाल चीनबीचको सांस्कृतिक आदानप्रदानमा भ्रमण फलदायी भएको बताए। उपाध्यक्ष पौडेलले नेपालको विकासका विविध पक्षका साथै आर्थिक सामाजिक सहयोगमा चीनले सकारात्मक भूमिका निर्वाह गरिरहेको र आगामी दिनमा पनि यसलाई निरन्तरता दिने बताए। 

प्रकाशित: Mar 26, 2022| 13:07 शनिबार, चैत १२, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...