आइतबार, साउन ३१, २०८३

स्थानीय निर्वाचनका लागि तनहुँमा २३ राजनीतिक दल दर्ता

राष्ट्रिय मान्यता प्राप्त ६ दलसहित सत्र दलले निर्वाचनका लागि विवरण बुझाएका हुन्। सबै दलका प्रतिनिधिलाई चुनाव चिह्न प्रदान गरिने जिल्ला निर्वाचन कार्यालयका प्रमुख हरिप्रसाद ढकालले जानकारी दिए।
 |  शनिबार, चैत १२, २०७८

नेपाल समय

नेपाल समय

शनिबार, चैत १२, २०७८

तनहुँ- आगामी वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनका लागि जिल्लामा २३ राजनितिक दल दर्ता भएका छन्। राष्ट्रिय मान्यता प्राप्त ६ दलसहित सत्र दलले निर्वाचनका लागि विवरण बुझाएका हुन्। सबै दलका प्रतिनिधिलाई चुनाव चिह्न प्रदान गरिने जिल्ला निर्वाचन कार्यालयका प्रमुख हरिप्रसाद ढकालले जानकारी दिए।

दर्ता भएका दलबाहेक अन्य व्यक्ति निर्वाचनमा उम्मेदवार बन्न चाहे स्वतन्त्ररूपमा चुनावमा उठ्न सक्नेछन्। राष्ट्रिय मान्यताप्राप्तबाहेक १७ वटा दललाई उनीहरूको विधानमा उल्लेख भएअनुरूपको चुनाव चिह्न प्रदान गरिने उनले बताए।

निर्वाचनलाई मध्यनजर गर्दै एक हजार दुई सय मतपेटिका तयारी अवस्थामा राखिएको र ती मतटपेटिका ४३, ८० र ८५ लिटर क्षमताका छन्।

चैत १३ गतेभित्र जिल्लाको अन्तिम मतदाता नामावली प्रकाशित गरिने कार्यालय प्रमुख ढकालले जानकारी दिए। निर्वाचनको लागि जिल्लामा एक हजार छ सय जनशक्ति आवश्यकता पर्ने बताइएको छ। 

प्रकाशित: Mar 26, 2022| 10:52 शनिबार, चैत १२, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...