आइतबार, साउन ३१, २०८३

राजनीतिलाई कमाई खाने भाँडो बनाउन हुँदैन : नेता सिंह

पछिल्लो समयमा राजनीतिलाई कमाइ खाने भाँडो बनाउनेहरूको संख्या बढीरहेको बताउँदै उनले यो विशुद्ध समाजसेवाको क्षेत्र भएको धारणा राखेका हुन्।
 |  शनिबार, चैत १२, २०७८

नेपाल समय

नेपाल समय

शनिबार, चैत १२, २०७८

काठमाडौं- कांग्रेस नेता प्रकाशमान सिंहले राजनीति विशुद्ध समाजसेवाको क्षेत्र भएको बताएका छन्। पछिल्लो समयमा राजनीतिलाई कमाइ खाने भाँडो बनाउनेहरूको संख्या बढीरहेको बताउँदै उनले यो विशुद्ध समाजसेवाको क्षेत्र भएको धारणा राखेका हुन्।

बानेश्वरमा शनिबार बिहान 'घर-घरमा जाऔं, कांग्रेस जिताऔं' अभियानअन्तर्गत आयोजित कार्यक्रममा बोल्दै नेता सिंहले राजनीतिमा हाबी यो चरित्रले निरासा छाइरहेको बताए। 

यसका साथै नेपालमा कम्युनिस्टको दोहोरो चरित्रका कारण अस्थिरता सिर्जना भएको आरोपसमेत लगाएका छन्। 'कांग्रेस सधै आफ्नो स्पष्ट अडानमा हुन्छ। तर, कम्युनिस्टहरूले सधैँ दोहोरो चरित्र देखाउने गरेका छन्,' उनले भने।

कांग्रेसको अडानकै कारण आजसम्मका हरेक राजनीतिक मुभमेन्ट सफल भएको नेता सिंहले बताए।  कांग्रेसको अडानकै कारण मुलुक अस्तिरतातर्फ धकेलिनबाट जोगिएको उनको भनाइ छ।

गठबन्धको विषयमा बोल्दै गठबन्धन निर्माणको परिस्थितिलाई भुल्न नहुने उनको तर्क छ। गठबन्धनका विषयमा कांग्रेस केन्द्रीय समिति बैठकमा छलफल भइरहेको र मुलुकको आवश्यकतालाई हेरेर पार्टीले यस विषयमा निर्णय लिने उनको भनाइ छ।

प्रकाशित: Mar 26, 2022| 10:15 शनिबार, चैत १२, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...