आइतबार, साउन ३१, २०८३
  • गृहपृष्ठ
  • राजनीति
  • विप्लव नेकपाको बैठक : चुनावबारेको चर्को बहसपछि गहुँ काट्न निस्के नेता

विप्लव नेकपाको बैठक : चुनावबारेको चर्को बहसपछि गहुँ काट्न निस्के नेता

विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को बैठकमा चुनाव उपयोग गर्नेकी बहिष्कार गर्ने भन्ने विषयमा चर्को बहसपछि नेताहरू गहुँ काट्न खेतमा निस्किएका छन्।
 |  शनिबार, चैत १२, २०७८

नेपाल समय

नेपाल समय

शनिबार, चैत १२, २०७८

बुटवल- विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को बैठकमा चुनाव उपयोग गर्नेकी बहिष्कार गर्ने भन्ने विषयमा चर्को बहसपछि नेताहरू गहुँ काट्न खेतमा निस्किएका छन्।

चैत ५ गतेदेखि कपिलवस्तुको शिवगढीमा जारी बैठकमा महासचिव नेत्र विक्रम चन्द ‘विप्लव’को प्रस्तावमा केन्द्रीय नेताहरूले धारणा राखेपछि ‘जनकम्युन’मा नेताहरूले गहुँ काटेका हुन्। बिहीबार महासचिव विप्लवको प्रतिवेदनमाथि केन्द्रीय सदस्यले धारणा राखेपछि नेकपा केन्द्रीय कार्यालयले सञ्चालन गरेको ‘जनकम्युन’ मा गहुँ काट्न निस्केका हुन्।

शुक्रबार हालसम्म केन्द्रीय सदस्यले राखेको धारणा र महासचिवको प्रतिवेदनलाई निर्णायर्थ पेस गर्न सचिवालयको बैठक बसेको नेकपाका एक सचिवालय सदस्यले जानकारी दिए।

उनका अनुसार विप्लवले नेपाल सरकारले पारित गरेको एमसीसी परियोजना, पार्टी जीवनलाई कसरी अगाडि बढाउने र आसन्न स्थानीय तहको निर्वाचनबारे बैठकमा प्रतिवेदन पेस गरेका छन्। ‘महासचिवको प्रस्तावमा घनिभूत छलफल भयो। त्यसपछि एकताको सन्देश र कम्युनिस्ट पार्टी उत्पादनमा लाग्नुपर्छ भन्ने सन्देश सहित केन्द्रीय कार्यालयले लगाएको गहुँ काट्न खेतमा निस्केका हौं,’ ती सचिवालय सदस्यले भने। 

नेकपा महासचिव विप्लव, केन्द्रीय समितिका सचिवालय सदस्यहरू प्रकाण्ड, कञ्चन, सुदर्शन र विषम सहितका नेताहरूले गहुँ काटेका हुन्।

नेकपाले कपिलवस्तुको शिवगढीमा करिब सात बिगाहा क्षेत्रफलमा खेती गर्दै आएको छ। केन्द्रीय कमिटी बैठकमा सहभागीहरूले त्यही जनकम्युनमा उत्पादन भएको खाना खाएका छन्।

चुनाव उपयोग गर्ने नीति पारित गर्ने सम्भावना

६ दिनदेखि शिवगढीमा जारी बैठक शनिबार सम्पन्न गर्ने तयारीमा रहेको केन्द्रीय कार्यालयले जनाएको छ। केन्द्रीय समितिको बाह्रौँ पूर्ण बैठकमा केन्द्रीय नेताहरूले धारणा राखेर बिहीबार सम्पन्न भएकाले शनिबार महासचिवले सम्बोधन गर्नेछन्।

शुक्रबार दिनभर सचिवालय बैठक र महासचिव प्रतिवेदनलाई अन्तिम रूप दिनका लागि नेताहरू छलफलमा व्यस्त छन्।  उनका अनुसार बैठकमा ६५ केन्द्रीय सदस्य र ४ जना सल्लाहकारसहित ६९ जनाको सहभागिता छ। बैठकमा महासचिवले स्थानीय तहको चुनाव उपयोग गर्नुपर्ने प्रस्ताव गरेपछि पार्टीभित्र यस विषयमा पक्ष र विपक्षमा नेताहरू विभाजित भएका छन्।

२०७९ साल वैशाख ३० गते हुने स्थानीय तहको चुनाव उपयोग गर्ने नीति पारित हुने एक केन्द्रीय सदस्यले बताए। चुनाव बहिष्कार गर्दा क्रान्तिकारी र उपयोग गर्दा सुधारवादी हुने भाष्यका कारण नेतामा केही नेताले विरोध गरेको उनको भनाई छ। संसदीय चुनाव बहिष्कार गरे पनि स्थानीय तहको चुनावलाई उपयोग गर्ने गरी छलफल अगाडि बढेको छ।

श्रोतका अनुसार स्थानीय तहलाई उपयोग गरेर आफू अनुकूलको नमुना गाउँपालिका बनाउन सक्ने भएकाले चुनावमा नेकपाले उपयोग गर्ने निर्णय लिने छ। रिपोर्टिङको सार र राजनीतिक प्रतिवेदनमाथि उठेका प्रश्नको जवाफ महासचिव विप्लवल शनिबार दिएलगत्तै बैठक सकिने छ।

प्रकाशित: Mar 26, 2022| 09:14 शनिबार, चैत १२, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...