बिहीबार, चैत १२, २०८२

विश्वकपका २० महँगा गोल रक्षक : कसको मूल्य कति

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

National life
Laxmi sunrise bank
kumari
एजेन्सी- ब्राजिलका स्टाइकर नेयमारले विश्ववको सबै भन्दा महंगो खेलाडीको सुचिको एक नम्बरमा आफुलाई उभ्याउदा ब्राजिलकै गोलरक्षक एलिसनले आफु गोलरक्षकमा सबैभन्दा महंगो साबित गरेका छन् । लिभरपुलले उनका लागि रोमालाई ६६.८ मिलिएन पाउण्ड तिरेसँगै उनी विश्वकै महंगा गोलरक्षक भएका हुन । 

२००१ मा गियनलुगी बुफोनलाई युभेन्टसले पर्माबाट भित्र्याउँदा ५३ मिलियन युरो तिरेको थियो । यो नै अहिले सम्मको गोलकिपरका लागि क्लबहरुले अनुबन्ध गर्दा तिरेको सबैभन्दा बढि खर्च थियो । हेरौ विश्वकपका महंगा २० गोलरक्षक र कसको मुल्य कतिकति छ ?

२०. फ्रेजर फ्रोस्टर- १० मिलियन पाउण्ड

फ्रेजर फ्रोस्टरलाई इंग्ल्यान्डको सबैभन्दा आशाजनक सट-स्टपिङ प्रतिभाको रुपमा दर्जा दिएको थियो । उनी २०१४ मा सेल्टिकबाट साउथमप्टन पुगे । हाल उनी साउथमप्टमा रहेर प्रिमियर लिग खेली रहेका छन् । उनले साउथमप्टनमा प्रिमियर लिगका चार सिजन बिताए । साउथमप्टनमा रहेर प्रिमियर लिगका चार सिजनमा उनले १०६ खेल खेलेका छन् ।

१९. वोजकिच सिच्जेस्नी- १० मिलियन पाउण्ड

वोजकिच सिच्जेस्नी २०१७ मा युभेन्ट्सबाट आर्सनल आएका थिए । पोल्याण्डका सिच्जेस्नीले २००९ बाट व्यवसाहिक फुटबल यात्रा शुरु गरेको थिए । २००९ माआर्सनल पुगेका उनी २००९-१० को सिजन उनले बेन्टाफोर्डमा लोनमा रहेर लिग एक खेले । त्यसछि उनी आर्सनलमा रहेर पाँच सिजन प्रिमियर लिग खेले । पुन उनीः दुई बर्षका लागि लोनमा रोमका गए र रोमामा सिरी-ए खेले । हाससम्म उनले लिगका मात्र २४९ खेल खेली सकेका छन् ।

१८. आस्मीर बेगोभिक- १० मिलियन पाउण्ड

आस्मीर बेगोभिक पाँच बर्षे सम्झौता गर्दै चेल्सी पुगे । उनी २०१५ मा उनी स्टोक सिटी बाट चेल्सी आएका थिए । लामो समय प्रिमियर लिग खेलेका उनी गत बर्ष मात्र प्रिमियर लिगकैलागि  एएफसी बर्नमाउथ पुगे । उनले बर्नमाउथमा पछिल्ले सिजनमा ३८ खेल खेले ।

१७. पिट्र सिच- १० मिलियन पाउण्ड

११ बर्षको सानदार फुटबल जिवन चेल्सीमा बिताए पछि उनी आर्सनल आए । आर्सन उनी २०१५ मा भित्रिएका थिए । आफ्नो लामो व्यवसापहक फुटबल जिवनको समय प्रिमियर लिगमा बिताएका उनले चेल्सीमा प्रिमियर लिगका ३३३ खेल खेले । हाल आर्सनलबाट प्रिमियर लिग खेली रहेका उनले १ण्घ खेल खेलेका छन् ।

१६.इभान पेलिज्जोली- १०.२ मिलियन पाउण्ड

इभान २० बर्षको हुँदा उनलाई रोमाले भित्र्याएका थिए । एटलान्टाका खेलाडी इभानले आफ्नो क्षमता कहिलै कमि हुन दिएनन् । रोमामा रहेर उनले ७३ खेल खेले । उनले सिनियर १३ क्लबमा खेल्दै आफ्नो क्षमता देखाई सकेका छन् । ३७ बर्षीया इभान हाल फोग्गीयामा रहेपनि कुनै खेल खेलेका छैनन् ।

१५. माटिया पेरिन- १०.५ मिलियन पाउण्ड

पुर्व गिनोया नम्वर एक खेलाडी माटिया २०११ म लोनमा उनी पाडोभा पुगे । पाडोभाबाट उनी पुनः लोनमा पेस्कारा पुगे । पेस्कारामा रहेर उनले २९ खेल खेले । हाल सम्म लिगका २०२ खेल खेलेका छन् ।

१४. जास्पेर किलेसन- ११.१ मिलियन पाउण्ड

२९ बर्षीय नेदरल्याण्ड खेलाडी जास्पेर किलेसन बार्सिलोनाका खेलाडी हुन । उनी २०१६ मा अजाक्सबाट बार्सा पुगेका हुन । बार्सामा दुई सिजन रहेका उनी ला लिगाका २ खेल मात्र खेलेका छन् ।

१३. एन्जेलो पेरुजी- १२.५ मिलियन पाउण्ड 

४८ बर्षीय इटालीएन पुर्व गोलरक्षक अहिलेसम्म विश्वको महंगो खेलाडीको १३ औं नम्वरमा परेका छन् । रोमा बाट आफ्नो व्यवसाहिक फुटबल यात्रा शुरु गरेका उनले पुरै फुटबल जिवन सिरी ए मा बिताए । ८ बर्ष युभेन्ट्समा बिताएका उनले ७ बर्ष लाजिओमा बिताए । उनले सिरी-ए का ४७८  खेल खेले ।

१२. जान ओब्लाक- १२.५ मिलियन पाउण्ड

जान ओब्लाक एटलेटिको मड्रिडको भविश्यको रुपमा हेरिएको छ । उनी बेन्फिकामा रहदा उनी लोनमा अन्य क्लबबाट खेल्दथे । २०१४ मा उनी लोन मभुक्त हुदै पुनः बेन्फिका पुगे । बेन्फिमका उनले तीन सिजन रहदा मात्र १६ खेल खेले । त्यसपछि उनी एटलेटिको मड्रिड पुगे र ला लिगा खेली रहेका छन् । तीन सिजनमा उनले ला लिगाका ११३ खेल खेली सकेका छन् ।

११. एन्जेलो पेरुजी- १३.३ मिलियन पाउण्ड

यस सुचिमा पेरुजीको यो दोस्रो उपस्थिती हो । जब उनी ११९९ मा युभेन्ट्सबाट इन्टरनाजिनाले पुगे । तर, उनले इन्टरनाजिनालेमा एक सिजन मात्र सिरी-ए खेले । इन्टरनाजिनालेमा रहदा उनले सिरी-ए का ३३ खेल खेलेका थिए ।

१०.  सेबास्टाइन फ्रेय- १४.७ मिलियन पाउण्ड

सेबास्टाइन यस शुचिमा एक पटक भन्दा बढी देखिन्छन् । इन्टरमा आफ्नो योजना बनाउनमा बिफल भए पछि फ्रान्सेस्को टाल्डोका पुगेका थिए । जहाँ उनले पर्माका लागि छोडेका थिए । उनले आफ्नो व्यवसाहिक फुटबलको सबैभन्दा बढी यात्रा सिरी-ए मा बिताए ।

९. क्लाउडियो ब्राभो-१५.४ मिलियन पाउण्ड

क्लाउडियो ब्राभो म्यान सिटीमा २०१६ मा बार्सिलोना बाट भित्रिएका थिए । उनले २००३ बाट कोलो-कोको क्लबबाट व्यवसाहिक फुटकल यात्रा शुरु गरेको थिए । त्यपछि उनले ९ बर्ष रियल सोसिडाडमा बिताए । सोसिडाडमा राम्रो प्रदर्शन गरेपिछि उनी २०१४ मा बार्सिलोना पुगेका थिए । २०१६ मा बार्समा उनले ला लिगाको एक खेल मात्र खेलेका थिए । त्यसै सिजन उनी म्यानसिटी प्गेको थिए । म्यान सिटीमा उनले ला लिगामा दुई सिजनका २५ खेल खेलेकबा छन् ।

८. फ्रान्सेस्को टोल्डो- १७ मिलियन पाउण्ड

फ्रान्सेस्को टोल्डो फिओरेन्टिनामा ८ बर्ष बिताए । फिओरेन्टिनामा रहेर उनले सिरी-ए का २३२ खेल खेले । त्य पछि उनी २००१ मा इन्टरमा गएका थिए । इन्टरमा उननले नौ बर्ष बिताए । 

७. डेभिड डे जिया- १८.९ मिलियन पाउण्ड

२०११ मा म्यानचेस्टर युनाईटेडको निर्णय लगभग २० मिलियन पाउण्डमा पुग्यो । ताकी उनलाई एट्लेटिको मड्रिडबाट म्यानचेस्टर युनाइटेडमा भित्र्याउन । र उनी छिटै प्रिमियर लिग खेल्न पुगे । २७ बर्षीय उनी हाल क्लबको टिममा एक महत्वपुर्ण खलाडीको रुपमा रहेका छन् । जसले पछिल्ले तीन सिजनमा रेड डेभिल्स प्लेयर अफ दि इयरको उपाधि जिते ।

६. ब्रेन्ड लेनो- १९.२ मिलियन पाउण्ड

ब्रेन्ड लेनो आर्सनलमा आर्सनल म्यानेजर युनाई एमेरीद्धारा एक नम्वर जर्सी पाएका खेलाडी हुन । उनी लिभरकुसेनमा रहदा सबैभन्दा प्राथमिकतामा रहेका खेलाडी हुन । उनले लिभरकुसेनमा सात बर्ष बिताए । जाहाँ बुन्डेसलिगाका सात सिजनका २३३ खेल खेले । उनी यो सिजनमात्र लिभरकुसेनबाट आर्सनल पुगेका हुन । यो सिजन उनी आर्सनलबाट प्रिमियर लिग खेल्ने छन् ।

५. म्यानुयल न्युएर- २१ मिलियन पाउण्ड

शाल्केका स्टार गोलकिपर म्यानुयलले घरेलु प्रतियोगिताबाटै बार्यनमा शुरुवात गरेका थिए । उनले छ भन्दा बढि बुन्डेसलिगाको उपाधि जितेका छन् । उनी शाल्केबाट २०११ म बार्यन म्युनिख आएका थिए ।

४. जोर्डन पिकफोर्ड- २५ मिलियन पाउण्ड

इंग्लयान्डका नयाँ नायक हुन जोर्डन पिकफोर्ड । उनी पछिल्लो सिजनमा राष्ट्रको सबैभन्दा महंगा शट-स्टपर बनेका छन् । सुन्डरल्याण्डका खेलाडी जोर्डन २०१७ मा एभर्टन पुगेका थिए ।

३. गिनलुइगी बुफोन- ३२.६ मिलियन पाउण्ड

जब उनी २००१ मा इटालियन क्लब युभेन्ट्स गए उनको सानो भाग्य फिर्ता भएको महशुस भयो । २१ औं सताब्दीमा उनले सबैभन्दा महंगा गोलकिपर बने । उनले युभेन्ट्समा १७ बष बिताए । अहिले सम्म उनी एक महत्व पुर्ण खेलाडीको रुपमा मैदानमा उत्रने गर्दथे । तर, यस सिजन उनी पेरिस सेन्ट जर्मेन पुगेका छन् । 

२. एडर्सन- ३५ मिलियन पाउण्ड

म्यानचेस्टर सिटीका गोलकिपर एडर्सन सबै समयको दोस्रो सबैभन्दा महंगो गोलकिपरको रुपमा आफुलाई उभ्याएका छन् । उनले २०१७ मा ब्राभोलाई उछिनेका थिए । उनी हाल म्यानचेस्टर सिटीबाट प्रिमियर लिग खेल्दै छन् ।

१. एलिसन- ६५ मिलियन पाउण्ड

लिभरपुलले गोलकिपर एलिसन भित्र्याउदा एक रेकर्ड बनायो । २५ बर्षीय ब्राजिलियन गोलकिपर रेकर्डका साथ यो बर्ष रोमाबाट लिभरपुल पुगे । उनले क्लब स्थरका लिगका ८१ खेल खेल्दा ब्राजित राष्ट्रका लागि ३१ ख्ेल खेली सेकेका छन् ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।