बिहीबार, फागुन २१, २०८२

सन्दीपले देखे आजसम्मकै उत्कृष्ट खेल!

‘खेल हार्‍यौँ, दुखी त छु। तर आज हामीले जसरी खेल्यौँ त्यो खेल निकै राम्रो रह्यो। सेन्चुरी पनि बन्यो। एक सयको पार्टनरसिप पनि बन्यो। हारपछि पनि धेरै सकारात्मक कुरा भए। धेरै कुरा बन्दा पनि हामीले हारिरहेका छौं। भने यो बुझ्नुपर्छ कि टिममा धेरै कुरा बनाउन बाँकी छन्,’ खेलपछि प्रशिक्षक पुबुदुले भने
 |  शुक्रबार, चैत ११, २०७८

विनय सापकोटा

विनय सापकोटा

शुक्रबार, चैत ११, २०७८

काठमाडौं- शुक्रबार नेपाली राष्ट्रिय क्रिकेट टिमले घरेलु मैदानमा दोस्रो पटक एकदिवसीय क्रिकेट सिरिज खेल्यो। पहिलो सिरिजमा नेपाली टिमको कप्तानी सम्हालेका ज्ञानेन्द्र मल्ल यो पटक टिममा थिएनन्। पहिलो पटक यही मैदानमा सिरिज खेल्दा डेब्यु गरेका कुशल मल्ल पनि टिममा थिएनन्। त्यसो त कीर्तिपुरको क्रिकेट मैदानमा नेपालले विस २०७६ को माघ अन्तिम साता त्रिकोणात्मक सिरिज खेल्दा नेपाली टिममा पारस खड्का थिए। अहिले उनले सन्यास लिइसकेका छन्।

त्यस्तै दुई वर्षअघि सिरिज खेल्दा टिममा रहेका सुवास खकुरेल पनि अहिले छैनन्। शरद भेषावकर पनि टिममा परेनन्। पहिलो पटक घरेलु सिरिजमा खेलेका यति धेरै खेलाडी यो सिरिजमा नुहुनु भनेको नेपाली टिम परिवर्तन भएको बताउँछन् मुख्य प्रशिक्षक पुबुदु दासानायके। नेपाली टिममा नियमित स्थान बनाउने सदस्य बनेका छन् कुशल भुर्तेल र आशिफ शेख। रोहित पौडेल पनि पछिल्लो समय चम्किएका छन्। 

यो सिरिजको पहिलो खेलमा डेब्यु गर्ने खेलाडी देव खनाल रहे। ‘उनी राम्रो बलिङ पनि गर्छन् तर आज पहिलो खेल भएर उनी नर्भस भए होलान्,’ शून्य रनमै आउट भएका देवबारे कप्तान सन्दीपले भने। यो सिरिज सुरु हुनुअघि नै प्रशिक्षक पुबुदु दासानायकेले भनेका थिए, 'नेपाली टिम परिवर्तनको अवस्थाबाट गुज्रिरहेको छ।' शुक्रबार दिउँसो पपुवा न्युगिनीविरुद्धको खेल हेर्दा नेपाली टिम परिवर्तन भएको देखियो। 

रोहितले एकदिवसीय क्रिकेटमा पहिलो शतक मात्र प्रहार गरेनन्, एकै पारीमा सबैभन्दा धेरै रनसमेत बनाए। ७० बलमा शतक पूरा गरेका रोहित १०६ बलमा १२६ रन बनाउँदै पेबेलियन फर्किए। तर उनले सेलिब्रेसन गरेनन्। 

शुक्रबारको खेललाई बयान गर्दै दासानायकेले नेपाली टिमको अहिलेको अवस्थाबारे कुरा गरेका छन्। ‘खेल हार्‍यौँ, दुखी त छु। तर आज हामीले जसरी खेल्यौँ त्यो खेल निकै राम्रो रह्यो। सेन्चुरी पनि बन्यो। एक सयको पार्टनरसिप पनि बन्यो। हारपछि पनि धेरै सकारात्मक कुरा भए। धेरै कुरा बन्दा पनि हामीले हारिरहेका छौं। भने यो बुझ्नुपर्छ कि टिममा धेरै कुरा बनाउन बाँकी छन्,’ खेलपछि प्रशिक्षक पुबुदुले भने, ‘पछिल्ला खेल हेर्दा हामीले टप अर्डरका विकेट गुमाइरहेका छौं। अहिले युवा खेलाडीले सिक्ने समय चलिरहेको छ।’

पपुवा न्यु गिनीविरुद्ध एक हजारभन्दा धेरै समर्थक माझ त्रिवि क्रिकेट मैदानमा नेपाली टिमले सिरिजको पहिलो खेलमा १९३ रनको निकै ठूलो लक्ष्य पछ्याएको थियो। लक्ष्य पछ्याउने क्रममा युवा ब्याट्स्म्यान रोहित पौडेलले पारस खड्का र ज्ञोनन्द्र मल्लको रेकर्ड तोडिदिए।

kumari

रोहितले एकदिवसीय क्रिकेटमा पहिलो शतक मात्र प्रहार गरेनन्, एकै पारीमा सबैभन्दा धेरै रनसमेत बनाए। ७० बलमा शतक पूरा गरेका रोहित १०६ बलमा १२६ रन बनाउँदै पेबेलियन फर्किए। तर उनले सेलिब्रेसन गरेनन्। 

किन त? 

जवाफमा उनी भन्छन्, ‘मेरो लक्ष्य भनेको खेल फिनिस गर्ने भन्ने थियो। खेल सकेर नै सेलिब्रेसन गरौँ भन्ने लागेको थियो। त्यसैले सेलिब्रेसन नगरेको हो। जित निकालेको भए शतकको मज्जा लिन पाइन्थ्यो। २/३ पटक यस्तो भइसक्यो। आज पनि त्यस्तै भयो। त्यो सयले मजा आएन।’

प्रकाशित: Mar 25, 2022| 20:33 शुक्रबार, चैत ११, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।