आइतबार, साउन ३१, २०८३

केन्द्रीय समिति बैठकमा अनि बम्किए देउवा

नेपाली कांग्रेसको केन्द्रीय समिति बैठकमा सभापति देउवा बम्किएका छन्। चितवनका केन्द्रीय सदस्य दिनेश कोइरालाले चुनावी तालमेल गर्न नहुने बताएपछि देउवा बम्किएका हुन्।
 |  शुक्रबार, चैत ११, २०७८

नेपाल समय

नेपाल समय

शुक्रबार, चैत ११, २०७८

काठमाडौं- नेपाली कांग्रेसको केन्द्रीय समिति बैठकमा सभापति देउवा बम्किएका छन्। चितवनका केन्द्रीय सदस्य दिनेश कोइरालाले चुनावी तालमेल गर्न नहुने बताएपछि देउवा बम्किएका हुन्। 

दिनेश कोइरालाले २०७४ सालको कुरा निकालेपछि देउवा बम्किएका थिए। 'एक्लै लड्दा कहाँ जित्यो? कहिले जित्यो भनेर प्रश्न गरेका थिए,' सभापति देउवालाई उद्धृत गर्दै एक नेताले भने, 'जहाँ जितिन्छ त्यहाँ एक्लै लड्नुस्, नभए गठबन्धन गरौँ। चुनाव पनि नजित्ने, गठबन्धन पनि नगर्ने भनेर हुन्छ? संगठन नबनाउने अनि गठबन्धन पनि नगरौँ भनेर हुन्छ?'

कोइरालाले पटकपटक चितवनलाई मात्रै मार पारिएको गुनासो गरेका थिए। यसपटक चितवनमा गठबन्धनको भारी नबोकाउन उनले आग्रह गरेका थिए।

'म नेविसंघ अध्यक्ष हुँदादेखि नै चितवनका बारेमा जान्दछु। कांग्रेसले चितवनमा कहिले जितेको छ? कसले जितेको छ?,' देउवाको प्रश्न थियो। 

कोइरालाले प्रचण्डले माफी माग्नुपर्ने बताएका थिए। शुक्रबारको केन्द्रीय कार्यसमिति बैठकमा बोल्दै उनले यस्तो बताएका हुन्।

'चितवन पुगेर प्रचण्डले चितवनका कांग्रेसले भनेर हुँदैन, केन्द्रबाटै गठबन्धन गर्छौँ भन्नुभयो,' गत स्थानीय निर्वाचनमा कांग्रेसबाट टिकट पाएका तर माओवादीसँग गठबन्धन गर्ने भएपछि सभापति देउवाले केन्द्रबाट निर्वाचन कार्यालयलाई पत्र पठाएर कोइरालाको उम्मेदवारी फिर्ता लिन बाध्य बनाइएका कोइरालाले भने, 'तर, २०७४ सालमा के भयो? त्यसको समीक्षा गर्नुपर्छ कि पर्दैन? ०७४ साललाई लिएर उहाँले माफी माग्नुपर्छ।'

चितवनमा पुगेका प्रचण्डले कांग्रेसका स्थानीय तहका नेता गठबन्धनको विपक्षमा भएपनि केन्द्रबाट कुरा मिलाएर गठबन्धन गर्ने अभिव्यक्ति दिएका थिए। उनले दिएको अभिव्यक्ति दम्भ मात्रै भएको कोइरालाको भनाइ छ। 

'यस्तो बेलामा पनि गठबन्धन गरेर कहिले एक्लै लड्ने? त्यसकारण गठबन्धन गर्न हुँदैन,' उनले भने। 

प्रकाशित: Mar 25, 2022| 18:22 शुक्रबार, चैत ११, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...