बुधबार, असार ३१, २०८३
  • गृहपृष्ठ
  • खेलकुद
  • नेपाली फुटबलको जसी र एन्फाको लोगो फेरिने : राम्रो डिजाइन गर्नेलाई ५० हजार

नेपाली फुटबलको जसी र एन्फाको लोगो फेरिने : राम्रो डिजाइन गर्नेलाई ५० हजार

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४
काठमाडौं-अखिल नेपाल फुटबल संघ (एन्फा) को लोगो फेरिने भएको छ । खुल्ला प्रतिस्पर्धातका आधारमा एन्फाले लोगा डिजाइन गरिने एन्फाले जनाएको छ । 

यससँगै नेपाली राष्ट्रिय टोलीको जर्सीको डिजाइन पनि फेरिने बताएको छ । वैशाख २२ गते कर्मा छिरिङ शर्पाको नेतृत्वमा एन्फामा आएको नयाँ नेतृत्वसँगै एन्फाको लोगो र जर्सी परिवर्तन गर्न लागिएको हो । 

अब नयाँ डिजाइन गरेको लोगो र जर्सीले, नेपाल र नेपाली फुटबललाई झल्को दिने, अन्तराष्ट्रिय स्तर र उच्च गुणस्तरीय हुनुपर्ने बताएका छन् । 

यस्तै लोगो र जर्सीमा चार भन्दा बढी रङ हुनु नहुने तथा वाटरमार्क हुन नहुने उल्लेख छ । लोगो र जर्सी डिजाइनको लागि १० दिनको समय तोकिएको छ ।

यसअघि एन्फाको लोगोमा नेपालको नक्सासहित सगरमाथामा नेपालको दुईवटा राष्ट्रिय झन्डाभित्र फुटबलसहितको लोगो चल्तीमा थियो ।

राष्ट्रिय टिमले लगाउने रातो र निलो जर्सीमा नेपालको राष्ट्रिय झन्डा राखिएको थियो । एन्फाको पछिल्लो लोगो २०६२/६३ को आन्दोलनपछि परिवर्तन गरिएको थियो । 

लोगो र जर्सी डिजाइनको प्रतिस्पर्धा शनिबारबाट खुला गरिएको छ । खुल्ला प्रतिस्पर्धामार्फत उत्कृष्ट मानिने लोगो र जर्सीको डिजाइन गर्नेलाई ५० हजार रुपैया पुरस्कारको समेत व्यवस्था गरेको एन्फाले जनाएको छ ।
 
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।