काठमाडौं– चिनियाँ विदेशमन्त्री वाङ यी तीन दिने भ्रमणका लागि काठमाडौं आइपुगेका छन्। १९ सदस्यीय टोलीसहित वाङ काठमाडौंस्थित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेका हुन्।
भारतको नयाँ दिल्लीबाट उनी काठमाडौं आइपुगेका हुन्। चिनियाँ विदेशमन्त्री वाङलाई स्वागतका लागि परराष्ट्रमन्त्री नारायण खड्कासहित सरकारी अधिकारीहरु विमानस्थल पुगेका थिए।
नेपाल भ्रमणका क्रममा वाङले परराष्ट्रमन्त्री खड्कासहित प्रधानमन्त्री शेरबहादुर देउवा, एमाले अध्यक्ष केपी ओली, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल लगायत नेताहरूसँग भेट गर्ने कार्यक्रम छ। भ्रमणको तेस्रो दिन वाङले राष्ट्रपति विद्यादेवी भण्डारीसँग भेट गर्ने छन्।