आइतबार, साउन ३१, २०८३
  • गृहपृष्ठ
  • राजनीति
  • 'गठबन्धन गर्दै जाने हो भने नेपाली कांग्रेसको हालत कांग्रेस आईको जस्तै हुन्छ'

'गठबन्धन गर्दै जाने हो भने नेपाली कांग्रेसको हालत कांग्रेस आईको जस्तै हुन्छ'

नेपाली कांग्रेस गण्डकी र लुम्बिनी प्रदेशका सभापतिले गठबन्धन गर्दै जाने हो भने पार्टीको हालत कांग्रेस आईको जस्तै हुने बताएका छन्।
 |  शुक्रबार, चैत ११, २०७८

नेपाल समय

नेपाल समय

शुक्रबार, चैत ११, २०७८

काठमाडौं– नेपाली कांग्रेस गण्डकी र लुम्बिनी प्रदेशका सभापतिले गठबन्धन गर्दै जाने हो भने पार्टीको हालत कांग्रेस आईको जस्तै हुने बताएका छन्। आजबाट सानेपामा सुरु भएको केन्द्रीय समिति बैठकमा धारणा राख्दै उनीहरुले स्थानीय तहको निर्वाचनमा गठबन्धन गर्न नहुने भन्दै यस्तो टिप्पणी गरेका हुन्।

प्रदेश १ र बागमती प्रदेशका सभापतिले पनि केन्द्रबाट गठबन्धन गर्न नहुनेमा जोड दिएका थिए। गठबन्धन गर्दा स्थानीय आवश्यकताअनुसार गर्नुपर्ने उनीहरूको जोड छ। कर्णाली प्रदेशका सभापतिले माओवादीको प्रस्तावअनुसार गठबन्धन गर्ने हो भने धेरै जिल्लामा कांग्रेस निल हुने बताएका छन्।

माओवादीले जजसले जहाँ जितेको हो त्यो ठाउँ आफूसँगै राखेर एमालेले जितेका स्थानीय तहमा भागबण्डा गर्नुपर्ने बताउँदै आएको छ। त्यसो कर्दा कर्णालीका धेरै जिल्लामा कांग्रेस निल हुने कर्णाली प्रदेशका सभापतिको भनाइ छ। गठबन्धन किन गर्ने, गर्दा के हुन्छ, नगर्दा के हुन्छ, केन्द्रबाटै गठबन्धन गर्ने कि स्थानीय आवश्यकताअनुसार गर्ने भन्ने विषयमा बैठकमा छलफल भइरहेको एक केन्द्रीय सदस्यले जानकारी दिए।

केन्द्रीय सदस्य बलबहादुर केसीले गठबन्धन नै गर्ने हो भने उद्देश्य स्पष्ट हुनुपर्ने बताए। ‘केका लागि गठबन्धन गर्ने हो? कुनै व्यक्तिलाई बलियो बनाउन गठबन्धन वा पद्धति बलियो बनाउन? यो क्लियर हुनुपर्छ। हिजो पनि गठबन्धन गरेकै हौं। चितवनमा हिजो गठबन्धन गरेकै हो। स्थानीय तहमा हामीसँग गठबन्धन गरेपछि केन्द्रीय तहमा माओवादी टाँसियो। अहिले पनि त्यस्तै भयो भने के गर्ने? धोका नहुने ग्यारेन्टी हुनपर्छ भन्ने हो। यीनै विषयमा छलफल भइरहेको छ,’ उनले भने।

बैठकमा जिल्ला–जिल्लामा घरदैलो अभियानमा खटेका नेताहरूले गठबन्धन केन्द्रबाट गर्न नहुने माग राखेका थिए। केन्द्रीय सदस्य योगेन्द्र चौधरीका अनुसार जिल्ला खटिएका प्रतिनिधिहरूले गठबन्धन केन्द्रबाट लादे प्रत्यु्ुत्पादक हुने धारणा राखेको बताए। गठबन्धन आवश्यक भए स्थानीय तहले गर्ने गरी तलै अधिकार दिन जिल्ला पुगेकाहरूले धारणा राखेको उनले बताए।

लुम्बिनी प्रदेशका सभापति अमरसिंह पुनले कांग्रेसको स्थिति राम्रो भइरहेको भन्दै गठबन्धन गर्नुपर्ने कारण के भनेर प्रश्न गरे। उनले भने, ‘हिजोको समीक्षा गर्ने कि नगर्ने? पार्टीभित्रै एक ढिक्का होस्, पार्टीभित्रै गठबन्धन पहिले गरौं भनेर मैले कुरा राखें। गठबन्धन गर्ने हो भने मतभारलाई आधार बनाऔं। चार तहको संसदीय बोर्डको व्यवस्था विधानले गरेको छ। गठबन्धन गर्ने कि नगर्ने, टिकट कसरी वितरण गर्ने भन्ने अधिकार समितिलाई दिनुपर्छ। कांग्रेसले अन्य दलसँग गठबन्धन गर्नुपर्ने अवस्था छैन। सोलोडोलो तह छुट्याएर गठबन्धन गर्नु फाइदाजनक हुँदैन। गठबन्धन माथिल्लो तहले निर्णय लाद्ने हो भने घाटा हुन्छ। भारतमा कांग्रेस आईले गठबन्धन गर्दै गयो, अहिले उसैलाई खोज्नुपर्ने भएको छ। आफ्फ्नै कार्यकर्तालाई अरू दलमा भोट हाल्न सिकाएपछि हुने हालत त्यही हो।  

प्रकाशित: Mar 25, 2022| 16:55 शुक्रबार, चैत ११, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...