आइतबार, मंसिर ७, २०८२

पारसपछि रोहितले हाने एकदिवसीयमा शतक

एकदिवसीय क्रिकेटमा रोहित पौडेलले पहिलो पटक शतक प्रहार गरेका छन्। त्रिवि क्रिकेट मैदानमा आफ्नो खेल करिअरमा नै पहिलो पटक रोहितले शतक प्रहार गरेका हुन्।
 |  शुक्रबार, चैत ११, २०७८

नेपाल समय

नेपाल समय

शुक्रबार, चैत ११, २०७८

काठमाडौं- एकदिवसीय क्रिकेटमा रोहित पौडेलले पहिलो पटक शतक प्रहार गरेका छन्। त्रिवि क्रिकेट मैदानमा आफ्नो खेल करिअरमा नै पहिलो पटक रोहितले शतक प्रहार गरेका हुन्।

National life

पपुवा न्युगिनीले दिएको २९३ रनको लक्ष्य पछ्याउने क्रममा रोहितले ७० बलमा शतक लाइन चुमेका हुन्। रोहितले एकदिसीय त्रिकेटमा ज्ञानेन्द्र मल्लले बनाएको रेकर्ड पनि तोडेर आफ्नो रेकर्ड कायम गरे। मल्लले बनाएको ४८० रनको रेकर्ड तोड्दै उनले आफ्नो कीर्तिमान कायम गरेका हुन्।

एकदिवसीय क्रिकेटमा शतक बनाउने रोहित दोस्रो नेपाली खेलाडी बनेका छन्। यसअघि पूर्वकप्तान पारस खड्काले पनि एकदिवसीयमा शतक प्रहार गरेका थिए।

रोहितले अर्धशतकमा पनि मल्लको रेकर्डसँग बराबरी गरिसकेका छन्। पारसले २८ जनवरी २०१९ मा अर्धशतक बनाएका थिए। उक्त खेलमा नेपालले त्यो सबैभन्दा धेरै १५४ रनको लक्ष्य पाएको थियो। त्यसपछि अहिलेसम्म नेपालले पाएको सबैभन्दा धेरै रनको लक्ष्य पनि आजकै हो।

प्रकाशित: Mar 25, 2022| 16:31 शुक्रबार, चैत ११, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।