आइतबार, साउन ३१, २०८३
  • गृहपृष्ठ
  • राजनीति
  • जनताका घरदैलो नजिकैबाट सेवा प्रवाह हुन थालेको छ : ऊर्जामन्त्री भुसाल

जनताका घरदैलो नजिकैबाट सेवा प्रवाह हुन थालेको छ : ऊर्जामन्त्री भुसाल

ललितपुर महानगरपालिका–२३ को नवनिर्मित वडा कार्यालय भवनको शुक्रवार उद्घाटन गर्दै उनले भनिन्, ‘पाँच वर्षका बीचमा स्थानीय सरकारले जनताका धेरै काम गरेका छन्, जनताका घरआँगनमा सिंहदरबार सार्थक भएको छ।’
 |  शुक्रबार, चैत ११, २०७८

नेपाल समय

नेपाल समय

शुक्रबार, चैत ११, २०७८

ललितपुर- ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुसालले स्थानीय तहमा निर्वाचित जनप्रतिनिधिहरूले पाँच वर्षमा जनताका लागि आवश्यक धेरै सुविधाहरू घरदैलो नजिकै पुर्‍याएको बताएकी छन्। 

ललितपुर महानगरपालिका–२३ को नवनिर्मित वडा कार्यालय भवनको शुक्रवार उद्घाटन गर्दै उनले भनिन्, ‘पाँच वर्षका बीचमा स्थानीय सरकारले जनताका धेरै काम गरेका छन्, जनताका घरआँगनमा सिंहदरबार सार्थक भएको छ।’

स्थानीय तहको पहिलो सरकार गठन हुँदा कतिपय स्थानमा भौतिक पूर्वाधार नभएको बताउँदै मन्त्री भुसालले उपलब्ध साधन र स्रोतको सही तवरले प्रयोग गरेर जनतालाई गुणस्तरीय सेवा दिनुपर्नेमा जोड दिइन्। ‘आधुनिक प्रविधिको अधिकतम प्रयोग गरेर स्थानीय सरकारले जनताको सेवा गर्नुपर्छ,’ उनले भनिन्। 

कार्यक्रममा ललितपुर महानगरका प्रमुख चिरीबाबु महर्जनले अपांगमैत्री आधुनिक भवन बनेसँगै अबका दिनमा जनताले गुणस्तरीय सेवा पाउनुपर्ने बताए। 

प्रकाशित: Mar 25, 2022| 16:15 शुक्रबार, चैत ११, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...