आइतबार, मंसिर ७, २०८२

एकदिवसीयमा रोहितको अर्को अर्धसतक

पपुवा न्युगिनीले दिएको २९३ रनको लक्ष्य पछ्याउने क्रममा नेपाली युवा ब्याट्सम्यान रोहित पौडेलले अर्धसतक पूरा गरेका छन्।
 |  शुक्रबार, चैत ११, २०७८

नेपाल समय

नेपाल समय

शुक्रबार, चैत ११, २०७८

काठमाडौं– पपुवा न्युगिनीले दिएको २९३ रनको लक्ष्य पछ्याउने क्रममा नेपाली युवा ब्याट्सम्यान रोहित पौडेलले अर्धसतक पूरा गरेका छन्।

National life

कीर्तिपुरस्थित त्रिवि क्रिकट मैदानमा जारी खेलमा रोहितले ५३ बलमा अर्धसतक पूरा गरेका हुन्। रोहितले एक दिवसीय प्रतियोगितामा प्रहार गरेको यो अर्को अर्धसतक पनि हो।

यसअघि रोहितले ओमन सिरिजमा पनि अमेरिकाविरुद्ध अर्धसतक प्रहार गरेका थिए। भर्खरै दुबईमा सम्पन्न खेलमा रोहितले पीएनजीविरुद्ध नै अर्धसतक बनाएका थिए। उनले आजको खेलमा ५३ बलमा अर्धसतक पूरा गरेका हुन्।

दुबईमा भएको अर्को खेलमा भने यूएईविरुद्ध रोहितले ४६ रन बनाएका थिए।

आजको खेलमा नेपालले ब्याटिङमा राम्रो सुरुआत गर्न सकेन तर मध्यक्रममा रोहित र आरिफ शेखले विकेट सम्हालेर खेलिरहेका छन्।

Laxmi sunrise bank
kumari

यो उनको पाँचौ अर्धसतक समेत हो। रोहितले ज्ञानेन्द्र मल्लका दुई कीर्तिमान तोडेका छन्। पाँच अर्धसतक हान्ने पहिलो नेपाली खेलाडी पनि बनेका छन् रोहित। उनले एकदिसीय त्रिकेटमा ज्ञानेन्द्र मल्लले बनाएको रेकर्ड पनि तोडेका छन्। मल्लले बनाएको ४८० रनको रेकर्ड तोड्दै उनले आफ्नो कीर्तिमान कायम गरेका हुन्

यसअघि ज्ञानेन्द्रले चार अर्धसतक बनाएर एकदिवसीयमा सबैभन्दा धेरै अर्धसतक बनाउने खेलाडीको कीर्तिमान राखेका थिए। त्यो कीर्तिमान पनि आज रोहितले तोडेका हुन्।

प्रकाशित: Mar 25, 2022| 15:38 शुक्रबार, चैत ११, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।