आइतबार, साउन ३१, २०८३
  • गृहपृष्ठ
  • राजनीति
  • भ्रातृ संस्थाको अध्यक्ष चयनमा असन्तुष्ट शेखर समूहले बोलायो तरुण विद्यार्थी भेला

भ्रातृ संस्थाको अध्यक्ष चयनमा असन्तुष्ट शेखर समूहले बोलायो तरुण विद्यार्थी भेला

दुईवटा भ्रातृ संस्थाका अध्यक्ष चयनप्रति असन्तुष्ट नेपाली कांग्रेसको शेखर कोइराला समूहले तरुण विद्यार्थी भेला बोलाएको छ।
 |  शुक्रबार, चैत ११, २०७८

नेपाल समय

नेपाल समय

शुक्रबार, चैत ११, २०७८

काठमाडौं– दुईवटा भ्रातृ संस्थाका अध्यक्ष चयनप्रति असन्तुष्ट नेपाली कांग्रेसको शेखर कोइराला समूहले तरुण विद्यार्थी भेला बोलाएको छ। उक्त समूहले १४ चैतमा भेला बोलाएको हो। 

कोइराला समूहका नेता रन्जित कर्णका अनुसार भेला बत्तीसपुतलीस्थित अनुपम फुडल्याण्डमा हुनेछ। 

यसअघि आज कांग्रेसको केन्द्रीय कार्यालय सानेपामा कार्यकर्ताहरुले पार्टी सभापति शेरबहादुर देउवाविरुद्ध नाराबाजी गरेका थिए केन्द्रीय समितिको बैठक सुरु हुने तयारी भइरहेका बेला कार्यकर्ताहरुले ‘देउवा प्रवृत्ति अन्त्य गर’ भन्दै विरोध प्रदर्शन र नाराबाजी गरेका हुन्। 

नेपाल विद्यार्थी संघ र तरुण दलको अध्यक्ष मनोनयनप्रति असन्तुष्ट पक्षले विरोध गरेको हो। दुई दिनअघि सभापति देउवाले नेविसंघ अध्यक्षमा काठमाडौंका दुजाङ शेर्पा र तरुण दलको अध्यक्षमा पर्वतका विद्वान गुरुङलाई मनोनित गरेका थिए।

कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको म्यान्डेटअनुसार भ्रातृ संस्थाको तदर्थ समिति गठन गर्दा परामर्श नगरेको र आफ्नो समूहलाई पेल्न खोजेको आरोप शेखर समूहको छ।

बालुवाटारस्थित कोइरालाको सम्पर्क कार्यालयमा बसेको बैठकमा संस्थापन पक्षले पेलेर जान खोजेकोले समानान्तर समिति बनाएर भए पनि प्रतिवाद गर्नुपर्ने आवाज उठेको थियो। बैठकमा नेता कोइराला, केन्द्रीय सदस्यहरु गोविन्द पोखरेल, प्रतिमा गौतम, नेताहरू गुरुराज घिमिरे, भूपेन्द्रजंग शाही, मनोजमणि आचार्य, टेकराज पौडेल, दिनेश राई, डिल्लीराम सुवेदी, हिक्मत न्यौपानेलगायत उपस्थित थिए।

प्रकाशित: Mar 25, 2022| 15:16 शुक्रबार, चैत ११, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...