बिहीबार, फागुन २१, २०८२
  • गृहपृष्ठ
  • खेलकुद
  • सोमपालको खर्चिलो बलिङमा नेपाललाई पपुवा न्युगिनीले दियो विशाल लक्ष्य

सोमपालको खर्चिलो बलिङमा नेपाललाई पपुवा न्युगिनीले दियो विशाल लक्ष्य

नेपालविरुद्ध कीर्तिपुरको क्रिकेट मैदानमा पपुवा न्युगिनीले निकै आक्रामक ब्याटिङ गर्दै २९३ रनको विशाल लक्ष्य प्रदान गरेको छ। खेलमा कप्तान आसाद भाला र चाल्र्स अमिनीले सानदार ब्याटिङ गरेपछि नेपालले २९३ रनको लक्ष्य पाएको हो।
 |  शुक्रबार, चैत ११, २०७८

नेपाल समय

नेपाल समय

शुक्रबार, चैत ११, २०७८

काठमाडौं– नेपालविरुद्ध कीर्तिपुरको क्रिकेट मैदानमा पपुवा न्युगिनीले निकै आक्रामक ब्याटिङ गर्दै २९३ रनको विशाल लक्ष्य प्रदान गरेको छ। खेलमा कप्तान आसाद भाला र चाल्र्स अमिनीले सानदार ब्याटिङ गरेपछि नेपालले २९३ रनको लक्ष्य पाएको हो।

नेपालका लागि दीपेन्द्र सिंह ऐरी र कमल सिंह ऐरी र सोमपाल कामीले समान दुई,दुई विकेट लिए। नेपाली बलरविरुद्ध पीएनजीका सबैजसो खेलाडीले खुलेर खेले। यससँगै पीएनजीले पुरा ओभर खेल्दै आठ विकेट गुमाएर २९२ रन बनाएको हो।

खेलको सुरुबाट सानदार ब्याटिङ गरेका पीएनजीले खेल अवधिभर पाँचभन्दा धेरैको रन रेट कायम राखेको थियो।

ओपनिङ राम्रो साझेदारी बन्न नसके पनि दोस्रो विकेटका लागि टोनी उरा र आसादले ४९ रनको साझेदारी गरेका थिए। त्यो अवस्थामा टोनी ३८ रन बनाएर आउट भएका थिए।

खेलमा ५५ बलको सामना गर्दै ६० रन जोडेका कप्तान असादले चाल्र्स अमिनीसँग पनि ७४ रनको सानदार साझेदारी गरेका थिए।

kumari

खेलमा रेली हेकुरेले ३१ रन बनाए। चौथो नम्बरमा मेदान प्रवेश गरेर ४५ ओभर दुई बलसम्म टिकेका चाल्र्स अमिनीले १०३ बलमा ७७ रनको योगदान दिए। खेलमा नोर्मन वाउनाले पनि २८ बलमा ४७ रनको पारी खेले भने ज्यासन कियाले पनि १३ रन बनाए।

नेपालका लागि दीपेन्द्र सिंह ऐरी र आरिफ शेखे मात्र किफायती बलिङ गर्न सकेन। दीपेन्द्रले १० ओभरमा दुई विकेट लिँदै ३० रन खर्चिए भने आरिफले ६ ओभर बलिङ गर्दै २३ रन दिए। 

सोमपाल कामीले पनि नौ ओभरमै ८१ रन प्रदान गरेका थिए। यद्यपि उनले दुई विकेट भने लिए। नेपालका पवन सर्राफ र सन्दीप लामिछानेले पनि समान १–१ विकेट लिए।

प्रकाशित: Mar 25, 2022| 13:22 शुक्रबार, चैत ११, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।