आइतबार, साउन ३१, २०८३
  • गृहपृष्ठ
  • राजनीति
  • रामचन्द्रको दाबी : संस्थापन इतरको नेता मै हुँ, तपाईंहरूको संरक्षण मैले मात्रै गर्न सक्छु

रामचन्द्रको दाबी : संस्थापन इतरको नेता मै हुँ, तपाईंहरूको संरक्षण मैले मात्रै गर्न सक्छु

नेपाली कांग्रेसको १४औं महाधिवेशनको निर्णयबाट अलग भएको घोषणा गरेका नेता रामचन्द्र पौडेलले गुट बिउत्याउने प्रयास गरेका छन्।
 |  शुक्रबार, चैत ११, २०७८

नेपाल समय

नेपाल समय

शुक्रबार, चैत ११, २०७८

काठमाडौं- नेपाली कांग्रेसको १४औं महाधिवेशनको निर्णयबाट अलग भएको घोषणा गरेका नेता रामचन्द्र पौडेलले गुट बिउत्याउने प्रयास गरेका छन्। 

शुक्रबार आफू निकट नेताहरूलाई बोहोराटारमा बोलाएर पौडेलले गुट बिउत्याउने काशिश गरेका हुन्। काठमाडौंमा उपलब्ध केही नेता–कार्यकर्तालाई बोलाएर उनले संस्थापन इतर समूहको नेता आफू नै भएको दाबी गरेका छन्। बैठकमा सहभागी एक नेताका अनुसार देउवा इतरको नेता अहिले पनि आफू नै रहेको बताएका थिए। 

‘संस्थापन इतरको नेता म नै हुँ, तपाईंको संरक्षण मैले मात्रै गर्न सक्छु,’ पौडेलको भनाइ उद्धृत गर्दै ती नेताले भने। पौडेलले निर्वाचनको रणनीति तय गर्ने सन्दर्भमा नेताहरूसँग सुझावसमेत मागेका छन्। 

छलफलमा सहभागी नेताहरूले स्थानीय निर्वाचनमा तालमेल गर्ने कुरा केन्द्रले लाद्न नसक्ने बताएका थिए। विधानले चार  तहको संसदीय समितिको व्यवस्था गरेकाको भन्दै उनीहरूले केन्द्रबाट तालमेलको निर्णय गर्नु उचित नहुने बताएका थिए। 

महाधिवेशन पछि पौडेल देउवाको सहयोगीको भूमिकामा देखा परेका थिए। उनले नेता–कार्यकर्तासँग छुट्टै बैठक समेत गरेका थिएनन्। तर, शुक्रबार उनले नेता–कार्यकर्तासँग छलफल गरेका हुन्। पौडेलले बोलाएको बैठकमा पूर्वमहामन्त्री डा. शशांक कोइराला, कानूनमन्त्री दिलेन्द्रप्रसाद बडू लगायतका नेता उपस्थित थिए।

केन्द्रीय सदस्य दीपक गिरी, नेता हृदय थानीलगायत उपस्थित थिए।

प्रकाशित: Mar 25, 2022| 12:59 शुक्रबार, चैत ११, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...